स्प्राइटको नयाँ क्याम्पेन ‘पिरोको झट्का स्प्राइटले मेटा’- बजार - कान्तिपुर समाचार

स्प्राइटको नयाँ क्याम्पेन ‘पिरोको झट्का स्प्राइटले मेटा’

कान्तिपुर संवाददाता

काठमाडौँ — लेमन–लाइम पेय पदार्थ स्प्राइटले ‘पिरोको झट्का स्प्राइटले मेटा’ नामक नयाँ क्याम्पेन थालेको छ । खानेकुरा खाइसकेपछि पिरो मेटाउन र खानेकुराको स्वाद अझै बढाउने सन्देश दिनको लागि यो नयाँ क्याम्पेन थालिएको कम्पनीले जनाएको छ । 

कोकाकोला कम्पनीका अनुसार क्याम्पेनको एउटा भागको रुपमा नयाँ टेलिभिजन कमर्सियल विज्ञापन पनि बनाइएको छ । सामाजिक सञ्जालहरुमा पनि रमाइला यस सम्बन्धी रमाइला क्षणका भिडियोहरुको साथ पिरोको झट्का स्प्राइटले मेटा क्याम्पेन सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

क्याम्पेनको बारेमा बोल्दै कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने ‘युवाहरु पिरो चाउचाउ, पिरो चट्पटे जस्ता खानेकुरा अत्यन्तै रुचाउँछन् । यो नयाँ क्याम्पेनले त्यस्तो पिरो खानेकुराहरुको लागि स्प्राइट नै सबैभन्दा राम्रो साथी भएको सन्देश दिएको छ ।’ कम्पनीका अनुसार हाल १७५ मिलि र २५० मिलिको आरजीबी (रिटर्नेबल ग्लास बोतल) तथा २५० मिलि, ५०० मिलि, १ लिटर, १.५ लिटर २.२५ लिटरको पेट बोतलमा स्प्राइट बजारमा उपलब्ध छ ।


प्रकाशित : माघ १६, २०७९ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्

सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निस्कासन गर्ने 

कान्तिपुर संवाददाता

काठमाडौँ — सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा सर्वसाधारण सेयर (आईपीओ) निस्कासन गर्ने भएको छ । काठमाडौंमा बसेको कम्पनीको पाँचौं वार्षिक साधारण सभाले प्रिमियम मूल्यमा आईपीओ निस्कासन गर्ने प्रस्ताव पारित गरेको हो । 

त्यस्तै सञ्चालक समितिको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी सभाबाट पारित भएको छ । साथै लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, आयव्यय हिसाब, इक्युटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण पारित भएको छ ।

सभाले आर्थिक वर्ष २०७८/०७९ को लागि कम्पनीको लेखापरीक्षकमा जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्टस् (वर्तमान लेखापरीक्षक) लाई नियुक्ति गरेको छ । कम्पनीको सञ्चालकमा दाबा फूटी शेर्पा र अभिनव ज.व.राणाको नियुक्ति अनुमोदन गरेको छ । त्यस्तै स्वतन्त्र सञ्चालकमा श्रीमान कार्की नियुक्त भएका छन् ।


प्रकाशित : माघ १६, २०७९ १९:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×