कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

अलैंचीको प्रवर्द्धन गर्न रेसिपी बुक

काठमाडौँ — वाह अलैंची अभियानले नेपालको अलैंची प्रयोग गरी तयार गरिने परम्परागत र फ्युजन नेपाली परिकारको रेसिपी बुक सार्वजनिक गरेको छ । पुस्तकमा मास्टरसेफ सन्तोष शाह र प्रशिक्षार्थी तथा अन्य सेफबाट विशेष रूपमा छानिएका ४० भन्दा बढी रेसिपीहरू समावेश गरिएका छन् ।

अलैंचीको प्रवर्द्धन गर्न रेसिपी बुक

साथै रेसिपी बुकमा सेकुवा, चिया र खीर जस्ता सदाबहार व्यञ्जनका लागि मसलाहरू तयार गर्ने विधि पनि समावेश गरिएको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ । नेपाल अलैंची व्यवसायी महासंघले प्रदेश १ को उद्योग, कृषि तथा सहकारी मन्त्रालय, स्वीस सरकार विकास सहयोग र होटल एसोसिएसन नेपालसँगको सहकार्यमा वाह अलैंची अभियान थालेको हो । यो अभियान घरेलु तथा व्यावसायिक उपभोक्ता माझ अलैंचीको प्रयोग र उपभोगमा सचेतना अभिवृद्धि गर्नमा केन्द्रित रहेको महासंघको दाबी छ । महासंघका अनुसार यो अभियानले नेपाली घरपरिवारलाई अलैंचीको फाइदा र स्वादबारे जानकारी गराउने लक्ष्य राखेको छ । वाह अलैंची अभियानले अब नेपाली बजार र घरघरमा अलैंचीको प्रयोग र उपभोगलाई प्रवर्द्धन गर्ने महासंघको भनाइ छ ।


प्रकाशित : माघ १५, २०७९ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?