१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

ब्रिटिस प्रोफेसनल कलेजकी रिया बनिन् फाइनान्सियल म्यानेजमन्टमा विश्वकै दोस्रो उत्कृष्ट छात्रा 

काठमाडौँ — द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा अध्ययनरत रिया मानन्धर हालै प्रकाशित एक परीक्षाको नतिजामा विश्वकै दोस्रो उत्कृष्ट छात्रा बन्न सफल भएकी छन् । कलेजको एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए)  कार्यक्रममा अध्ययनरत रियाले ‘फाइनान्सियल म्यानेजमेन्ट’ विषयमा ९८ प्रतिशत अंक ल्याएकी हुन् । 

ब्रिटिस प्रोफेसनल कलेजकी रिया बनिन् फाइनान्सियल म्यानेजमन्टमा विश्वकै दोस्रो उत्कृष्ट छात्रा 

२० वर्षीय मानन्धरले यसअघि पनि गत मार्चमा भएको एसीसीए अन्तर्गतको पर्फमेन्स म्यानेजमेन्ट परीक्षामा ९१ प्रतिशत प्राप्त गरी विश्वको एक उत्कृष्ट छात्रा बनेकी थिइन् । त्यस्तै सन् २०२१ को मा ट्याक्सेसन पेपरमा ९८ प्रतिशत ल्याउँदै उनी विश्वकै उत्कृष्ट भएकी थिइन् । यस वर्ष पनि उनले ‘फाइनान्सियल म्यानेजमेन्ट’ विषयमा ९८ प्रतिशत ल्याउँदै विश्वको दोस्रो उत्कृष्ट बन्न सफल भएकी हुन् ।

एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । यसमा विश्वका १७९ देशका ५ लाख ३५ हजार विद्यार्थी र २ लाख ३३ हजार सदस्यहरु रहेका छन् । रियाले पुनः राम्रो नतिजा ल्याएकोमा कलेजका एसीसीए प्रोग्राम म्यानेजर दिपेन्द्र के. श्रेष्ठले आफ्ना विद्यार्थीहरुले नियमित रूपमा अन्तर्राष्ट्रियस्तरका उपलब्धि हासिल गरिरहेको बताए ।


प्रकाशित : माघ १५, २०७९ १८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?