३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

क्यान इन्फोटेकलाई सफ्टवेयरको पनि प्लाटफर्म बनाइने

काठमाडौँ — २८ औं संस्करणको क्यान इन्फोटेक यही माघ २४ देखि हुने भएको छ । माघ २९ सम्म सञ्चालन हुने इन्फोटेकमा सफ्टवेयरका लागि पनि गतिलो प्लाटफर्म बन्ने आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) ले जनाएको छ ।

क्यान इन्फोटेकलाई सफ्टवेयरको पनि प्लाटफर्म बनाइने

इन्फोटेकमा हार्डवेयरलाई मात्र प्राथमिकता दिने गरेको गुनासो आउने गरेका थिए । यसपालिको मेलामा भने सफ्टवेयरलाई पनि विशेष स्थान दिइने भनिएको छ । नवीनतम प्रविधि तथा सेवा अवलोकन गर्न पाइने र सरोकारवालाबीच छलफल हुने आयोजकको भनाइ छ । मेलाको तयारीबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा हालसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको र करिब ३ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले बताए । नेपालको सफ्टवेयर उद्योगलाई चिनाउन र स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न मेला सहयोगी हुने अपेक्षा छ ।मेला अवलोकनका लागि सर्वसाधारणले १ सय रुपैयाँ र विद्यार्थीले ५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।

प्रकाशित : माघ १३, २०७९ १३:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?