ब्रिटिस प्रोफेशनल कलेजकी रिया तेस्रो पटक विश्वकै सर्वोत्कृष्ट

काठमाडौँ — द ब्रिटिस कलेज अन्तर्गतको ब्रिटिस प्रोफेसनल कलेज (बीपीसी)मा अध्ययनरत रिया मानन्धर हालै प्रकाशित परीक्षाको नतिजामा विश्वकै दोस्रो सर्वोत्कृष्ट छात्रा बनेकी छन् ।

ब्रिटिस प्रोफेशनल कलेजकी रिया तेस्रो पटक विश्वकै सर्वोत्कृष्ट

कलेजको एसोसियसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्ट्स (एसीसीए) कार्यक्रममा अध्ययनरत रियाले ‘फाइनालसियल म्यानेजमेन्ट’ विषयमा ९८ प्रतिशत अंक ल्याएर वल्र्ड टप गरेको बताइएकाे छ । कलेजको विज्ञप्ती अनुसार गएको वर्ष मार्चमा भएको एसीसीए अन्तर्गतको पर्फरमेन्स म्यानेजमेन्ट परीक्षामा पनि उनी ९१ प्रतिशत प्राप्त गरी विश्वकै सर्वोत्कृष्ट बनेकी थिइन् । एसीसीए कार्यक्रम विश्वको सबैभन्दा ठूलो र छिटो बढिरहेको अन्तर्राष्ट्रिय लेखा निकाय हो । यसका विश्वका १७९ देशमा ५ लाख ३५ हजार विद्यार्थी र २ लाख ३३ हजार सदस्यहरू छन् ।

प्रकाशित : माघ १२, २०७९ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?