कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर म्याग्दीको तातोपानीमा

काठमाडौँ — ग्लोबल आईएमई बैंक लिमिटेडले म्याग्दीको बेनी नगरपालिका–४, तातोपानीमा बैंकको ६३ औँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

ग्लोबल आईएमई बैंकको एक्सटेन्सन काउन्टर म्याग्दीको तातोपानीमा

बैैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बेनी शाखाको मातहतमा रहने गरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको जनाएको छ । उक्त एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने लगायत सेवाहरू उपलब्ध हुनेछन् । बैंकले ३६५ शाखा, ३६९ एटीएम, ३२१ शाखारहित बैंकिङ सेवा, ६३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाखभन्दा धेरै ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको जनाएकाे छ ।

प्रकाशित : माघ ११, २०७९ १९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?