कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

नबिल बैंकका ग्राहकलाई सीजी र एलजीका आउटलेटबाट सामान किन्दा छुट अफर

काठमाडौँ — नबिल बैंक लिमिटेडले सीजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा २० प्रतिशत अग्रिम छुटका योजना ल्याएको छ ।

नबिल बैंकका ग्राहकलाई सीजी र एलजीका आउटलेटबाट सामान किन्दा छुट अफर

आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्न सीजी र एलजीको सामान खरिदमा छुट दिने अफर ल्याएको नबिलले जनाएको छ । डिजिटल कारोबारलाई प्रोत्साहन गर्दै आएको बैंकले यस्ता प्रकारका कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको विज्ञप्तीमा उल्लेख छ । डिजिटल कारोबारमा छुटको व्यवस्थाले नबिल बैंकका ग्राहकलाई थप सहज हुने बैंकका खुद्रा कारोबार प्रमुख निरज शर्माले बताएका छन् । यस्तो सुविधा लिनका लागि नबिल बैंकको कार्ड आवश्यक पर्नेछ ।

प्रकाशित : माघ ११, २०७९ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?