फोर्स मोटर्सको सर्भिस सेन्टर पोखराको चाउथेमा 

काठमाडौँ — फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टलले पोखराको चाउथेमा आफ्नो नयाँ सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ग्राहकलाई बिक्रीपछिको आधुनिक सेवा सुविधा तथा पार्टपूर्जा दिने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

फोर्स मोटर्सको सर्भिस सेन्टर पोखराको चाउथेमा 

कम्पनीका अनुसार फोर्सका ग्राहकले सर्भिस सेन्टरमा आएर अत्याधुनिक सेवा सुविधा सहित गाडी मर्मत गर्न सक्नेछन् । उक्त सर्भिस सेन्टर नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष ध्रुब बहादुर थापा, फोर्स मोटर्सका अन्तर्राष्ट्रिय बिक्री प्रबन्धक सुनिल संक तथा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले संयूक्त रुपमा उद्घाटन गरे ।

सर्भिस सेन्टर करिब ७ रोपनी जग्गामा फैलिएको कम्पनीले जनाएको छ । गाडी बिक्री पछिको स्पेयर तथा सर्भिस सेन्टर एकै ठाउाबाट छिटो छरितो र आधुनिक सेवा दिने उद्देश्य राखिएको आयाम इन्टरकन्टिनेन्टलका प्रबन्ध निर्देशक निरन केसीले जानकारी दिए । उनका अनुसार देशभर फोर्सका २२ वटा डिलर नेटवर्कबाट बिक्री तथा बिक्री पछिको सेवा उपलब्ध हुँदै आएको छ ।


प्रकाशित : माघ १०, २०७९ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?