नयाँ हुन्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक 

काठमाडौँ — नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाली बजारमा नयाँ हुन्डाई भेन्यू सार्वजनिक गरेको छ । नयाँ र परिस्कृत यो मोडलले कम्प्याक्ट एसयूभीको बजारमा नयाँ आयाम स्थापित गर्ने कम्पनीको दाबी छ ।

नयाँ हुन्डाई भेन्यू नेपाली बजारमा सार्वजनिक 

‘नयाँ भेन्यूले यसको आकर्षक डिजाइन, विशिष्ट सुविधाहरू, असाधारण क्षमता र उच्चतम सुरक्षाका कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको छ’ कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ । गाडीको पछिल्लो भागमा विस्तारित कनेक्टिङ एलईडी टेल ल्याम्पले नयाँ भेन्यूलाई छुट्टै स्वरूप दिएको छ ।

कम्पनीका अनुसार नयाँ हुन्डाई भेन्यूको विस्तारित बुट स्पेस सहित ६०: ४० स्प्लिट सिट, दुई वटा रियर चार्जर, २ स्टेप रियर रिसाइकलिङ सिट, सुविधाजनक चालक सिट यसमा रहेको छ । डबल एयरब्याग, पार्किङ एसिस्ट क्यामेरा, अटोमेटिक हेडल्याम्प, टायर मोनिटरिङ सिस्टम, विद्युतीय स्टाबिलिटी कन्ट्रोल लगायतका सुविधा यसमा छन् । १.२ लिटर पेट्रोल इन्जिनमा रहेको हुन्डाई भेन्यु ५ स्पिड म्यानुअल तथा ७ स्पिड डीसीटीमा उपलब्ध छ । १९५ एमएमको ग्राउन्ड क्लियरेन्स यसमा छ । ई, एस, एसएक्स गरी तीन वटा भेरियन्टमा उपलब्ध नयाँ हुन्डाई भेन्यूको प्रारम्भिक मूल्य ३९ लाख ९६ हजार तोकिएको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू मार्फत हुन्डाई गाडीहरूको खरिद र सर्भिसिङ सेवा दिँदै आएको छ ।


प्रकाशित : माघ ९, २०७९ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?