होन्डाले ल्यायो साइन र ग्राजियामा दुई आकर्षक उपहार

काठमाडौँ — होन्डा टु हिृवलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले साइन र ग्राजियामा दुई वटा आकर्षक उपहार योजना ल्याएको छ । योजना अनुसार ग्राहकले अर्डर गरेको साइनको कुनै पनि पार्टस् ९९ घण्टा भित्र पाइनेछ ।

होन्डाले ल्यायो साइन र ग्राजियामा दुई आकर्षक उपहार

यदि उक्त समयभित्र पार्टस् नआएमा ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो अफर छिटो सर्भिसको ग्यारेन्टी सहित लागतमा सुविधाको वैकल्पिक छनोटका रुपमा ल्याइएको हो ।नयाँ होन्डा ग्राजिया खरिद गर्ने ग्राहकले १ रुपैयाँमा ३ वर्षको लागि सर्भिसिङ र स्पेयर पार्टस्‌को लाभ लिन सक्ने कम्पनीले जनाएको छ ।


प्रकाशित : माघ ९, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?