३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

निलकण्ठ नगरकाे सिफारिसमा ग्लोबल आईएमईबाट ऋण लिँदा ब्याज अनुदान

काठमाडौँ — ग्लोबल आईएमई बैंक र निलकण्ठ नगरपालिकाबीच उद्यमशिलता कार्यक्रमअन्तर्गत नगरबासीलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानीमा ब्याज अनुदान उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

निलकण्ठ नगरकाे सिफारिसमा ग्लोबल आईएमईबाट ऋण लिँदा ब्याज अनुदान

सम्झौतापत्रमा निलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख भीमप्रसाद ढुङ्गाना र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरे । सम्झौता अनुसार ग्लोबल आईएमई बैंकले निलकण्ठ नगरपालिकाको मेयर उद्यमशिलता विकास कार्यक्रमअन्तर्गत उद्यमशिलता तथा वित्तीय साक्षरता तालिम लिएका नगरबासीहरुलाई व्यावसायिक बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, माछापालन, विभिन्न फलफूलहरुको उत्पादन तथा लघु उद्यम गर्न सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । यसका लागि नगरपालिकाले सिफारिस गर्नुपर्नेछ ।

यो समझदारीले निर्वाहका लागि मात्र कृषि व्यवसाय गरिरहेका कृषकलाई उद्यमी बनाउन पुँजी लगायत प्राविधिक सीप आर्जन गरी व्यवसाय विस्तार एवम् विकास गर्न समेत सहयोग पुग्ने बैंकको भनाइ छ ।


प्रकाशित : माघ ५, २०७९ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?