१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

ग्लोबल आईएमई बैंकद्वारा महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौँ — ग्लोबल आईएमई बैंकले १६ औं वार्षिकोत्सवका अवसरमा महिलाहरुको नि:शुल्क स्वास्थ्य परीक्षण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले मेरी उनीलाई स्वस्थ नारी पहल अभियान थालेको थियो ।

ग्लोबल आईएमई बैंकद्वारा महिलाको निःशुल्क स्वास्थ्य परीक्षण

यस अन्तर्गत बैंकले सबै प्रदेश समेट्ने गरी एक सातासम्म महिलाहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको हो । शिविरमा स्त्रीरोग विज्ञहरुले स्त्रीसम्बन्धी रोगहरु पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार तथा औषधि वितरण लगायतका सेवाहरु निःशुल्क रुपमा उपलब्ध गराइएको बैंकले जनाएको छ । बैंकका अनुसार स्वास्थ्य शिविरमा ८०९ जना महिलाहरुले सेवा लिएका छन् । स्वास्थ्य शिविरले ग्रामीण तथा अर्धशहरी क्षेत्रमा रहेका, स्वास्थ्य सेवाको पहुँच नभएका महिला तथा बालिकाहरुका निम्ति सहयोग पुगेको बैंकको भनाइ छ ।


प्रकाशित : माघ ४, २०७९ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?