नेप्काको सभापतिमा अधिकारी



काठमाडौँ — नेपाल मध्यस्थता परिषद् (नेप्का)को सभापतिमा राजेन्द्रप्रसाद अधिकारी निर्वाचित भएका छन् । नेप्काको ३१औं साधारणसभाले उनीसहितका १० जना कार्यसमिति चुनेको हो ।
उपसभापतिमा लालकृष्ण केसी, महासचिवमा बाबुराम दाहाल, सचिवमा थानेश्वर काफ्ले (राजेश) र कोषाध्यक्षमा हरिकुमार सिलवाल निर्वाचित भएका छन् । यसैगरी सदस्यहरूमा गान्धी पण्डित, मनोजकुमार शर्मा, महेन्द्रबहादुर गुरुङ, माधवप्रसाद पौडेल र सोमबहादुर थापा चुनिएको नेप्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेप्काका निवर्तमान सभापति ध्रुवराज भट्टराई हुन् ।
प्रकाशित : माघ ४, २०७९ १७:४३