राष्ट्रिय वाणिज्य बैंकका एकै पटक पाँच शाखा कार्यालय थपिए

काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंकले एकै पटक नयाँ पाँच वटा शाखा कार्यालय सञ्चालनमा आएका छन् । प्रदेश १ मा ताप्लेजुङ, तेह्रथुम, झापाको धुलाबारी तथा मधेस प्रदेशको सर्लाही मलगंवा र वाग्मती प्रदेशको रसुवामा बैंकले एकै पटक शाखा कार्यालय सञ्चालनमा आएका छन् । यीसँगै देशभर २६४ वटा शाखा कार्यालय सञ्चालनमा आएको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ । 

राष्ट्रिय वाणिज्य बैंकका एकै पटक पाँच शाखा कार्यालय थपिए

शाखा कार्यालय ताप्लेजुङको बैंक सञ्चालक दिलिप कुमार ढुङ्गानाले उद्घाटन गरे । त्यस्तै तेह्रथुमको म्याग्लुङ नगरका प्रमुख संजयकुमार तुम्बाहाम्फे, धुलाबारी शाखाको झापा १ ख का प्रदेश सांसद गोपाल तामाङ, मलगंवा शाखाको सर्लाही २ ख का प्रदेश सांसद कौशल किशोर दास र रसुवा शाखाको रसुवा ख का प्रदेश सांसद इन्द्रप्रसाद गोतामेले उद्घाटन गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंकले देशको दूरदराज तथा शहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ बैंकिङ सेवा प्रवाह गरिरहेको बताए ।


प्रकाशित : पुस १०, २०७९ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?