बुद्धले काठमाडौं-सुर्खेत उडान अब एटीआर-७२ बाट गर्ने 

काठमाडौँ — बुद्ध एयरले पुसदेखि काठमाडौं–सुर्खेत उडान एटीआर–७२ जहाजमार्फत गर्ने भएको छ । हाल यस गन्तव्यमा एटीआर–४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको छ । यात्रुहरुको बढ्दो माग र सुविधाका लागि यस गन्तव्यमा पनि एटीआर–७२ जहाजबाट उडान भर्न लागिएको कम्पनीले जनाएको छ ।

बुद्धले काठमाडौं-सुर्खेत उडान अब एटीआर-७२ बाट गर्ने 

हाल सञ्चालनमा रहेको एटीआर–४२ मा मागअनुरुप सिट संख्या कम रहेकाले एटीआर ७२ मार्फत् उडान सञ्चालन गर्न लागिएको बुद्ध एयरको भनाइ छ । सानो जहाजको सञ्चालन खर्च उच्च हुादा भाडादरमा समेत यसको प्रभाव परेको कम्पनीले जनाएको छ । विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ ‘एटीआर–७२ बाट उडान गर्दा यात्रु सिट संख्या र सञ्चालन खर्च कम हुन गई यसको प्रत्यक्ष लाभ यात्रुहरुले पाउने छन् ।’ यस गन्तव्यमा न्यूनतम भाडादर ७ हजार रुपैयाँबाट सुरु हुने र माग अनुसार दैनिक २ उडान पनि भर्न सकिने कम्पनीले जनाएको छ । पुस १ देखि कम्पनीले दैनिक बिहान १०:०० बजे काठमाडौंबाट सुर्खेत र ११:३५ बजे सुर्खेतबाट काठमाडौं उडान भर्ने तालिका बनाएको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित : मंसिर २१, २०७९ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?