सेगवेले उपत्यकामा १० वटा विद्युतीय चार्जिङ स्टेसन जडान गर्ने 

काठमाडौँ — सेगवे–नाइनबटले आफ्ना विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न काठमाडौं उपत्यकाभर १० वटा विद्युतीय सवारी चार्जिङ स्टेसन जडान गर्ने घोषणा गरेको छ । यी चार्जिङ स्टेसनहरूमा छिटो चार्ज हुने फास्ट–चार्जरहरू उपलब्ध हुने र न्यूनतम समयमा धेरै राइडरहरूले चार्जिङ सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

सेगवेले उपत्यकामा १० वटा विद्युतीय चार्जिङ स्टेसन जडान गर्ने 

सेगवे ब्राण्ड सवारी साधनको आधिकारिक वितरक आईहव प्रालिले भक्तपुर, ललितपुर र काठमाडौंका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेसन जडान गर्ने घोषणा गरेको हो । सेगवे–नाइनबटले प्रख्यात दुई पांग्रे सेल्फ–ब्यालेन्सिङ्ग निजी सावारी साधन बजारमा ल्याएको छ । नेपालमा सेगवे ईभी स्कुटरका प्रयोगकर्ता बढ्दै गएकाले पनि देशभरका पहुँचयोग्य स्थानहरूमा चार्जिङ स्टेसनहरू जडान थाल्नुपर्ने आवश्यकता रहेको कम्पनीले औंल्याएको छ । ‘चार्जिङ स्टेसनको स्थापनापछि विद्युतीय सवारीसाधन र सेगवेप्रति पनि विश्वास बढ्ने छ’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रकाशित : मंसिर २०, २०७९ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?