नेपालको सफ्टवेयर युरोपमा

काठमाडौँ — नेपालको साइबर सेक्युरिटी संस्था रेकन साइबर सेक्युरिटी सलुसन्सले बनाएको अटोमेटेड साइबर सेक्युरिटी सफ्टवेयर स्विट्जरल्यान्ड र युरोपेली देशहरूमा बिक्री हुन थालेको छ । केही समयअघि स्विट्जरल्यान्डको रकुन बिजनेस डिजाइनसँग साझेदारी गरेपछि उक्त सफ्टवेयर युरोपेली बजारमा पुगेको हो ।

नेपालको सफ्टवेयर युरोपमा

‘नेपाली आईटी कम्पनीले विदेशमा पहुँच बनाउन सजिलो छैन,’ रेकनका प्रमुख कार्यकारी अधिकृत सुवास गौतम भन्छन्, ‘यो मौका पाएकोमा हामी खुसी छौं । आगामी दिनमा यस्तै इन्नोभेटिभ प्रोडक्ट बनाएर साइबर सेक्युरिटीको क्षेत्रमा ग्राहकलाई थप सेवा दिनेछौं ।’ रेकन सलुसन्सले बनाएको अटोमेटेड साइबर सेक्युरिटी टुलले बैंकिङ संस्था एवम् मझौला तथा साना उद्योगका पब्लिक फेसिङ एप्लिकेसन (वेबसाइट आदि) मा आई पर्नसक्ने जोखिम पहिचान गरी रिपोर्ट उपलब्ध गराउँछ । यो टुल नेपालमा पनि परीक्षणका रूपमा प्रयोग भइरहेको गौतमले जानकारी दिए ।

रकुन बिजनेस डिजाइनसँगको साझेदारीले स्विट्जरल्यान्ड र युरोपेली देशहरूमा रेकनको बजार विस्तारमा सहयोग गर्ने गौतमको भनाइ छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा रकनुका प्रबन्ध निर्देशक बोजन लास्कोभिचले भनेका छन्, ‘हामीले विश्वव्यापी रूपमा खोजी गरिरहेको सफ्टवेयर फेला पारेका छौं । यसले हाम्रा ग्राहकलाई किफायति र स्वचालित सेवा प्रदान गर्न सक्छ । हामी हाम्रा उद्योगलाई साइबर आक्रमणविरुद्ध प्रतिरोधक बनाउन सहयोग गर्न चाहन्छौं ।’

प्रकाशित : मंसिर २०, २०७९ १५:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?