पोखरामा खुल्यो बेनेलीको सोरुम - बजार - कान्तिपुर समाचार

पोखरामा खुल्यो बेनेलीको सोरुम 

कान्तिपुर संवाददाता

काठमाडौँ — बेनेली मोटरसाइकलको एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेसनल ट्रेडिङले पोखराको नयाँ बजारमा सर्भिस सेन्टरसहितको सोरुम खोलेको छ । बेनेलीले आफ्ना ग्राहकको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा सोरुम खोल्ने क्रमलाई निरन्तरता दिएको छ ।

कम्पनीले हालसम्म बिर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा, पोखरा लगायत ठाउँमा २२ वटा सोरुम सञ्चालनमा ल्याएको छ । पोखराको नयाँ सोरुम १८०० वर्गफुटमा निर्माण गरिएको छ । जसमा ५० वर्गफुट क्षेत्रफलमा स्पेयर पार्ट्स र १५०० वर्गफुटमा सर्भिस सेन्टरको लागि व्यवस्थापन गरिएको छ । यो सोरुममा थ्री एस सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

नयाँ सोरुम उद्घाटनको अवसरमा ३० हजार रुपैयाँ छुट, एक्सचेन्जमा न्यूनतम मूल्याङ्कन ४० हजार प्रदान गर्ने, ५० प्रतिशत डाउन पेमेन्टका साथ फाइनान्सिङमा ० प्रतिशत ब्याजमै सेवा प्रदान गर्नेे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विद्यमान ग्राहकका लागि बेनेलीले नि:शुल्क वास, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिशत छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ ।

यो इटालीको पुरानो मोटरसाइकल उत्पादक कम्पनी हो । नेपाली बजारमा टीएनटी १३५, टीएनटी १५, पनेरा १२५, टीएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टीआरके २५१, ६०० आई र ७५२ एस मोडलहरु उपलब्ध छन् । यी मोडलहरु नेकेड, कम्युटर, स्कुटर र टुरिङ विधाका हुन् । यी मोटरसाइकलहरू १२५ सीसीदेखि ७५० सीसीसम्म उपलब्ध छन् । यी मोटरसाइकलको मूल्य २ लाख ६४ हजार ९०० देखि २५ लाख १५ हजार रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ ।

यस्तो छ मूल्यसूची

MODEL

SEGMENT

DISPLACEMENT

MRP

TNT 135

Naked

135 cc

2,74,900/-

TNT 15

Commuter

150 cc

2,64,900/-

PANAREA 125

Scooter

125 cc

3,34,900/-

TNT 150i

Commuter

150 cc

3,79,900/-

180s

Naked

180 cc

4,54,900/-

180s Neon

Naked

180 cc

4,64,900/-

302s

Naked

300 cc

10,49,900/-

302s Neon

Naked

300 cc

10,74,900/-

TRK 251

Touring

250 cc

8,24,900/-

600i

Racing

600 cc

23,58,000/-

752s

Naked

750 cc

25,15,000/-


प्रकाशित : मंसिर १९, २०७९ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्

प्रतिनिधिसभाको १६५ क्षेत्रकै मतगणना सकियो, यस्तो रह्यो दलहरूको अवस्था

कान्तिपुर संवाददाता

काठमाडौँ — मतदानको १५ दिनपछि प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक भएको छ । मंसिर ४ गते भएको मतदानको परिणाम मंसिर १९ मा दोलखाको मतगणना सकिएसँगै सबै क्षेत्रको परिणाम आएको हो  । १६५ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ ।

निर्वाचनबाट पाँचदलीय गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस प्रतिनिधिसभामा प्रमुख राजनीतिक दल हुने निश्चित भएको छ । कांग्रेसले ५७ सिटमा जित हासिल गरेको छ । वाम गठबन्धनको बोलबाला रहेको २०७४ को प्रतिनिधिसभा निर्वाचनमा २३ सिट मात्रै जितेको कांग्रेसले यो निर्वाचनमा भने ५७ सिट जितेको हो । यसपटक कांग्रेसले २०७४ मा एमालेसँग मिलेर वाम गठबन्धन बनाएको माओवादी र एमालेबाट विभाजित एकीकृत समाजवादीसहित भएको पाँचदलीय गठबन्धनको अगुवा थियो ।


प्रतिनिधिसभा निर्वाचन परिणामको दलगत तस्बिर ।

कांग्रेसले लोकतान्त्रिक-वाम गठबन्धनबाट सबैभन्दा बढी ९१ निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार खडा गरेको थियो । जसमध्ये कांग्रेसले ३४ सिटमा पराजय भोगेको छ । गठबन्धनभित्रको सिट बाँडफाँटअनुसार कांग्रेसले ९१, माओवादी केन्द्रले ४३, एकीकृत समाजवादीले २०, लोकतान्त्रिक समाजवादीले ७ र राष्ट्रिय जनमोर्चाले २ सिटमा उम्मेदवारी दिएका थिए ।


प्रत्यक्षतर्फ पहिलो भएको कांग्रेस समानुपातिकतर्फ भने दोस्रो स्थानमा छ । यो समाचार तयार पार्दासम्म कांग्रेसले प्रतिनिधिसभातर्फको समानुपातिकमा २६ लाख ६० हजार २ सय ४६ मत प्राप्त गरेको छ । कांग्रेसले समानुपातिकतर्फ २०७४ को निर्वाचनमा ३१ लाख २८ हजार ३ सय ८९ मत प्राप्त गरेको थियो ।

यो निर्वाचनबाट एमाले दोस्रो दल बनेको छ । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा ८० निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार जिताएर संसद्को सबैभन्दा ठूलो दल बनेको एमालेले यसपटक ४४ सिटमा जित हासिल गरेको छ ।

एमालेले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, राजेन्द्र लिङ्देन अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीहरूसँग तालमेल गरेको थियो भने राप्रपा, नेपालका कमल थापा लगायतलाई आफ्नो चुनाव चिह्नबाट चुनावी मैदानमा पठाएपनि जिताउन सकेको थिएन । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, सचिव पद्मा अर्याललगायत नै चुनावी मैदानमा पराजित हुन पुगेका छन् ।

यो समाचार तयार पार्दासम्मको परिणाममा एमाले समानुपातिकतर्फ भने सबै भन्दा बढी मत ल्याएको छ । एमालेले २७ लाख ८८ हजार ३ सय ५६ मत ल्याएर समानुपातिकतर्फ अग्रता कायम गरिराखेको छ । २०७४ को निर्वाचनमा समानुपातिकतर्फ एमालेले ३१ लाख ७३ हजार ४ सय ९४ मत प्राप्त गरेको थियो ।

एमालेसँग पार्टी एकता गर्ने उद्घोषसहित २०७४ मा वाम गठबन्धन बनाएर चुनावमा जाँदा ३६ सिट जितेको माओवादी केन्द्र यो वर्ष ठिक आधा सिटमा सीमित भएको छ । लोकतान्त्रिक वाम गठबन्धनबाट ४३ सिटमा उम्मेदवार खडा गरेको माओवादीका १८ उम्मेदवार मात्रै जित्न सफल भएका छन् । माओवादीका महासचिव देवप्रसाद गुरुङ, बहालवाला मन्त्रीसमेत रहेकी उपमहासचिव पम्फा भुसाल, उपमहासचिवहरू गिरिराजमणि पोखरेल र मातृका यादव, सचिव चक्रपाणि खनाल, मन्त्री महेश्वरजंग गहतराजलगायत पराजित भएका थिए ।

समानुपातिकतर्फ पनि माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । माओवादीले समानुपातिकतर्फ ११ लाख ६२ हजार १ सय २४ मत पाएको छ । माओवादी केन्द्रले २०७४ को समानुपातिक निर्वाचनतर्फ १३ लाख ३ हजार ७ सय २१ मत पाएको थियो ।

प्रत्यक्षतर्फ एमालेबाट विभाजित भएर बनेको माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी) चौथो दल बनेको छ । प्रत्यक्षतर्फ यो पार्टीका १० उम्मेदवार विजयी भएका छन् । समानुपातिकमा भने यो पार्टीले थ्रेसहोल्ड कटाउन सकेको छैन । हालसम्मको मतगणनामा एकीकृत समाजवादीले २ लाख ९४ हजार ३ सय ६२ मतमात्रै पाएको छ । मतगणना अन्तिम चरणमा रहेकाले यो पार्टीले राष्ट्रिय दल बन्न आवश्यक पर्ने थ्रेस होल्ड (सदर मतको ३ प्रतिशत) कटाउन नसक्ने सम्भावना रहेको छ ।

प्रतिनिधिसभाको चौथो दलको रूपमा रवि लामिछाने सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ । समानुपातिकतर्फ पनि उल्लेख्य मत हासिल गरेको यो पार्टीले प्रत्यक्षतर्फ सात सिट जितेको छ । समानुपातिकमा यो पार्टीले ११ लाख २४ हजार ५ सय ४३ मत ल्याएर नयाँ पार्टी संसद्मा चौथो स्थानमा रहने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी जनता समाजवादी पार्टीले पनि प्रत्यक्षतर्फ ७-७ सिटमा जितेका छन् । समानुपातिकतर्फ राप्रपाले ५ लाख ५६ हजार ६ सय ३८ मत पाएको छ भने जसपाले ४ लाख २० हजार ९ सय ४६ मत पाएर थ्रेसहोल्ड कटाएको छ ।

अध्यक्ष उपेन्द्र यादव नै पराजित भएको निर्वाचनका लागि उम्मेदवारी दिनु केही पहिला मात्रै जसपा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन छोडेर एमालेसँग तालमेल गर्न पुगेको थियो ।

यो निर्वाचनबाट सिके राउत नेतृत्वको जनमत पार्टी पनि राष्ट्रिय पार्टीको रुपमा उदाएको छ । पहिलोपटक चुनावी मैदानमा उत्रिएको जनमत पार्टीका अध्यक्ष राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए भने समानुपातिकतर्फ थ्रेसहोल्ड कटाएको छ । जनमत पार्टीले ३ लाख ९४ हजार ५ सय २३ मत पाएको छ ।

पाँच दलीय गठबन्धनमा रहेको लोकतान्त्रिक पार्टीका ४ उम्मेदवार विजयी भएका छन् ।

२०७४ सालमा कैलालीबाट निर्वाचित भएर पनि टिकापुर घटनाको मुद्दाका कारण जेलमा रहेका रेशम चौधरीकी श्रीमती रन्जिता श्रेष्ठको अगुवाइमा गठन भएको नागरिक उन्मुक्ति पार्टीले ३ सिटमा जित हासिल गरेको छ ।

रेशमका बुबा पनि स्वतन्त्र उम्मेदवारका रूपमा बर्दियाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

यो निर्वाचनबाट पाँचदलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले १ सिट जितेको छ । यसका अध्यक्ष चित्रबहादुर केसी बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।

प्रतिनिधिसभामा पाँच उम्मेदवार स्वत्नत्र उठेर निर्वाचित भएका छन् । मोरङ ५ बाट योगेन्द्र मण्डल, रौतहट २ बाट किरणकुमार साह र ३ बाट प्रभु साह निर्वाचित भएका छन् । त्यस्तै, सर्लाही ४ बाट अमरेशकुमार सिंह निर्वाचित भएका छन् । बर्दिया २ बाट रेशम चौधरीका बुबा लालवीर चौधरी स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका छन् ।

यो निर्वाचनबाट प्रतिनिधिसभामा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई १ सय ६५ मध्ये ९० सिटमा जित हासिल भएको छ । चुनावी तालमेल गरेका एमाले, राप्रपा र जसपाका भने ५८ उम्मेदवार जितेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन-२०७९ को सम्पूर्ण विवरण https://election.ekantipur.com/?lng=nep मा हेर्न सकिन्छ ।

प्रकाशित : मंसिर १९, २०७९ १३:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×