काठमाडौंमा मिडिया र मनोरञ्जन क्षेत्रबारे छलफल- बजार - कान्तिपुर समाचार

काठमाडौंमा मिडिया र मनोरञ्जन क्षेत्रबारे छलफल

‘राउन्ड टेबल डिस्कसन अन एकेडेमिया इन्डस्ट्री एलायन्स इन मिडिया एन्ड इन्टरटेनमेन्ट सेक्टर’
कान्तिपुर संवाददाता

काठमाडौँ — मिडिया र मनोरञ्जन क्षेत्रका विषयमा दुई दिने छलफल तथा अन्तक्र्रियात्कम कार्यक्रम आयोजना भएको छ ।

एसबी सर्भिसेस, मिडिया इन्टरटेनमेन्ट स्किल काउन्सिल र पूर्वाञ्चल विश्वविद्यालयले गत बिहीबार र शुक्रबार राजधानी काठमाडौंको होटल एभरेस्टमा ‘राउन्ड टेबल डिस्कसन अन एकेडेमिया इन्डस्ट्री एलायन्स इन मिडिया एन्ड इन्टरटेनमेन्ट सेक्टर’ कार्यक्रम आयोजना गरेका हुन् ।
कार्यक्रममा विभिन्न विज्ञले नेपालको मिडिया र चलचित्र क्षेत्रको विकासका लागि गर्नुपर्ने कामहरुबारे चर्चा गरे । ‘नेपाल र भारत समान धर्म संस्कृति भएका देश रहेको उनले बताए । ‘हामी दुवै देशका भावना तथा कथालाई समेट्ने गरी काम गर्न सक्छौं । म यस पटक नेपाल आउँदा जति सोचेको थिएँ, त्योभन्दा उपलब्धि भएको महसुस गरेको छु,’ उनले भने ।
नेपाल र भारत दुवै संस्कृतिक रुपमा धनी भएकाले दुवै देशले मिलेर अघि बढ्न सके मिडिया र इन्टरटेनमेन्ट क्षेत्रमा धेरै अघि बढ्न सकिने मिडिया एन्ड इन्टरटेनमेन्ट स्किल काउन्सिलका सीईओ मोहित सोनीले बताए । यसका लागि आफ्ना तर्फबाट सक्दो सहयोग गर्न तयार भएको उनको भनाइ छ ।
शैक्षिक क्षेत्रबाट सञ्चार र मनोरञ्जन क्षेत्रमा धेरै प्रगति गर्न सकिने त्रिभुवन विश्वविद्यालयका इनोभेसन आईटी सेन्टर निर्देशक सुवर्ण शाक्यले बताए । ‘दक्ष जनशक्ति उत्पादन गर्न नेपालका विश्वविद्यालयसँग सहकार्य गर्न पनि सकिन्छ । यस क्षेत्रका सबै विज्ञ तथा उद्योगीहरूलाई विश्वविद्यालयहरूमा इन्क्युबेसन सेन्टर स्थापना गर्न म हरसम्भव प्रयास गर्छु । यसका लागि हामीलाई पीपीपी मोडल राम्रो हुन्छ,’ शाक्यले भने ।
आफूहरुले विद्यार्थी, कलेज, अनुसन्धानकर्ता र उद्योगहरूलाई प्रविधिमा जोड्न चाहेको आइएमएसके डट नेटका संस्थापक जय नरेशले बताए ।

प्रकाशित : मंसिर १८, २०७९ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्

भारतमाथि बंगलादेशको रोमाञ्चक जित

एजेन्सी

ढाका — बंगलादेशले भारतमाथि आइतबारको पहिलो वान-डे क्रिकेटमा एक विकेटको रोमाञ्चक जित निकालेको छ । हारको संघारमा रहेको बंगलादेशका लागि मेहदी हसन र मुस्तफिजुर रहमानले अन्तिम विकेटका लागि कीर्तिमान ५१ रनको साझेदारी गरे ।

उक्त प्रदर्शनको मद्दतले बंगलादेशले ४६ ओभरमा ९ विकेट गुमाएर १ सय ८७ रन बनाएको हो । हसनले ३८ र रहमानले १० रन बनाए । बंगलादेशका लागि उनीहरूले दसौं विकेटका लागि अहिलेसम्मकै उच्च स्कोर बनाएका हुन् ।

त्यसअघि १ सय ३६ रन बनाउँदासम्म बंगलादेश नौ विकेट गुमाएर खराब स्थितिमा थियो । भारतले भने ४१.२ ओभरमा सबै विकेट गुमाउनुअघि १ सय ८६ रन बनाएको थियो । भारतको तर्फबाट केएल राहुलले ७३ रन बनाए ।

बंगलादेशको जितका लागि साकिब अल होसेन र एबाडोट हसनले प्रमुख भूमिका निर्वाह गरे । अल हसनले ३६ रनमा ५ विकेट लिए भने होसेनले ४७ रनमा ४ विकेट लिए ।

प्रकाशित : मंसिर १८, २०७९ १९:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×