चन्द्रपुर, नारायणघाट र हेटौंडामा खुल्यो गल्फ लुब्रिकेन्टको सोरुम - बजार - कान्तिपुर समाचार

चन्द्रपुर, नारायणघाट र हेटौंडामा खुल्यो गल्फ लुब्रिकेन्टको सोरुम 

कान्तिपुर संवाददाता

काठमाडौँ — गल्फ लुब्रिकेन्टको उत्पादक तथा वितरक नेपाल ल्युब आयले एकै पटक तीन वटा सोरुम विस्तार गरेको छ । कम्पनीले रौतहटको चन्द्रपुरमा आफ्नो आधिकारिक बिक्रेताका रुपमा जैसवाल ट्रेडिङ कन्सर्न,  नारायणघाटमा आशिर्वाद अटो ट्रेडिङ र हेटौंडामा दिव्या बिजनेस  कन्सर्न नामक सोरुम सञ्चालनमा ल्याएको हो ।  

ती सोरुमहरुको उद्घाटन नेपाल ल्युब आयलका कार्यकारी निर्देशक करण चौधरीले गरे । उद्घाटन समारोहमा चौधरीले गल्फ नेपालमा सबैभन्दा धेरै बिक्री हुने लुब्रिकेन्ट भएको दाबी गरे । उच्च पफर्मेन्सका कारण यो लोकप्रिय रहेको उनको दाबी छ । नेपाल ल्युब आयलका महाप्रबन्धक गंगाराज भट्टराईले गल्फले पहिलेदेखि नेटवर्क बढाउँदै गएको बताए ।


प्रकाशित : मंसिर १८, २०७९ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्

एमालेसँगको तालमेल चुनावसँगै सकियो, अब नयाँ ढंगले अघि बढ्छौं : यादव

देवनारायण साह

मोरङ — जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल चुनावसँगै सकिएको र अब नयाँ धरातलमा नयाँ ढंगले अगाडि बढ्ने बताएका छन् ।

‘एमालेसँग तत्कालरुपमा केही सिटमा तालमेल गरेका हौं । कुनै मोर्चाबन्दी र गठबन्धन थिएन । चुनावमा हामीले केही सिट र एमालेले केही सिट छोडेको तर त्यो चुनावसँगै सकियो,' विराटनगरमा पत्रकारहरुसँगको कुराकानीमा आइतबार अध्यक्ष यादवले भने, ‘अब नयाँ धरातलमा नयाँ ढंगले सबैले आ–आफ्ना ठाउँमा कसरी जाने तय गर्ने अवसर पाएको छ ।’यादव मंसिर ४ गते भएको निर्वाचनमा सप्तरी-२ मा जनमत पार्टी अध्यक्ष चन्द्रकान्त राउतसँग पराजित भएका थिए ।

उनले अब संघ र प्रदेशमा कसको सरकारलाई समर्थन गर्ने विषयमा पार्टीको कार्यसमिति बैठकले एउटै नीति लिने बताए । ‘कसले सरकार बनाउँछ, त्यसले नीति के लिन्छन् त्यसले हाम्रो मुद्दालाई कसरी हेर्छन् र राष्ट्रिय समस्याहरुलाई कसरी हल गर्छन् । ती कुराको प्रस्टताका आधारमा हामीले समर्थन, विरोध वा सहकार्यको कुरा हुन्छ,’ उनले भने, ‘मुलुक आर्थिकरुपले निकै तल जाँदै छ त्यसलाई कसरी सम्हाल्नेलगायत विषय हेरेर सरकारको समर्थन गर्छौं, आँखा चिम्लेर समर्थन गर्दैनौं ।’

अहिलेको संविधानलाई संशोधन वा परिमार्जन नगर्ने हो भने व्यवस्था नै धरापमा पर्ने र मुलुक दुर्घटनामा जाने अवस्था रहेको यादवको भनाइ थियो । उनले निर्वाचन प्रणाली, न्यायिक प्रणाली, समावेशीकरणका सवाल, पहिचानका सवाल र प्रदेशलाई अधिकार सम्पन्न बनाउनेजस्ता आधारभूत कुराहरुलाई ठीक पार्नु आवश्यक रहेको बताए ।

नेपालको राजनीतिक इतिहासमा परिवर्तन ल्याउने दल परिवर्तनपछिको नेतृत्वबाट बञ्चित भएको र परिवर्तन उल्टिने गरेको यादवले बताए । ‘परिवर्तन बडो कठोर र बलिदानबाट प्राप्त हुने तर ग्रासरुटका जनताले त्यसको अनुभूति गर्न नपाउने दुर्भाग्यपूर्ण इतिहास छ,’ उनले भने, ‘प्रजातान्त्रिक आन्दोलनबाट परिवर्तन ल्याएका दलहरुको आपसी एकताको महत्व छ । त्यसको एकताले नै मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र जोगाउँछ ।’

पुराना पार्टीहरुप्रति मतदाताको वितृष्णाले चुनावभन्दा अगाडि आएका स्वतन्त्र पार्टी, देश अलग बनाउने जनमत पार्टी र पहिलेकै अवस्थामा जानुपर्ने नीति लिएका राप्रपाले म्यान्डेट पाएको यादवको टिप्पणी थियो ।

प्रकाशित : मंसिर १८, २०७९ १९:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×