काठमाडौं वेयरहाउसको नेपाल फ्रेट फरवार्डस् एसोसिएसन र नेपाल कुरियर सेवासंघबीच समझदारी

काठमाडौँ — काठमाडौं वेयरहाउस एन्ड डिस्ट्रिब्युसन सेन्टरले नेपाल फ्रेट फरवार्डस एसोसिएसन र नेपाल कुरियर सेवासंघसँग वेयरहाउजिङ, वितरण तथा व्यवसायिक सहायक सेवाहरू प्रवाह गर्नका लागि समझदारी गरेको छ । यो समझदारीसँगै ती संस्थाका सदस्य कम्पनीहरूले न्यून दरमा गोदाम, वितरण तथा अन्य सेवाहरू उपयोग गर्न सक्ने जनाइएको छ ।

काठमाडौं वेयरहाउसको नेपाल फ्रेट फरवार्डस् एसोसिएसन र नेपाल कुरियर सेवासंघबीच समझदारी

शुक्रबार हस्ताक्षर गरिएको सो सम्झौतापत्रका अनुसार केडब्ल्युडीसीले संकलन गरेको शुल्कको केही हिस्सा साझेदार संस्थाहरूलाई फिर्ता गरिनेछ जसबाट उनीहरूले विभिन्न विकासका कार्यहरू गर्न सक्नेछन् । यसले दुवै पक्षलाई लाभ मिल्ने अपेक्षा गरिएको छ ।

केडब्ल्युडीसीले वेयरहाउस म्यानेजमेन्ट सिस्टम प्रयोग गरी काठमाडौं भित्रिने सामान रिसिभ गरेर पहिले नै छुट्याइएको स्टलहरूमा भण्डारण गर्छ । यहाँ रिप्याकिङ र अभिवृद्धि सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएकाे छ । काठमाडौंमा व्यावसायिक तथा व्यवस्थित गोदाम एवं मालवाहक ट्रक र ट्रेलरहरूको लागि सजिलो पहुँच नभएको र वितरण केन्द्रको समेत अभाव रहेको कम्पनीको भनाइ छ । यस्ता समस्याको समाधान खोज्ने उद्देश्यले वेयरहाउस एन्ड डिस्ट्रिब्युसन सेन्ट स्थापना गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित : मंसिर १६, २०७९ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?