विराटनगर इन्टरनेसनल कलेजका ६२ विद्यार्थी दीक्षित
काठमाडौँ — विराटनगर इन्टरनेसनल कलेजका ६२ विद्यार्थी दीक्षित भएका छन् । कलेजले आयोजना गरेको दीक्षान्त समारोहमा बिएससी (अनर्स) इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट विषयका ६२ जना विद्यार्थी दीक्षित भएका हुन् । तीन वर्षे तह अध्ययनपछि विद्यार्थीले भविष्यमा नयाँ काम र अध्ययन खोजी गर्न सक्नेछन् ।
स्नातक तह पार गरेपछि उत्कृष्ट विद्यार्थीलाई पोष्ट ग्र्याजुएट तहको लागि इनोभेट नेपाल ग्रुपले छात्रवृत्तिको व्यवस्था गरेको छ । ती विद्यार्थीले हेराल्ड कलेज काठमाडौंमा एमबीए अध्ययन गर्न पाउनेछन् । जुन आईएनजीले सञ्चालन गरेको छ । दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति (प्रो भाइस चान्सलर) टिच स्टिलले प्रमाणपत्र प्रदान गरे ।
प्रतिक्रिया