लालबन्दीमा खुल्यो एभरेस्ट बैंकको शाखा - बजार - कान्तिपुर समाचार

लालबन्दीमा खुल्यो एभरेस्ट बैंकको शाखा 

कान्तिपुर संवाददाता

काठमाडौँ — एभरेस्ट बैंक सर्लाहीको लालबन्दीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङ्गले लालबन्दी र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । योसँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १३ पुगेको छ । साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिव शक्ति माध्यामिक विद्यालय, बटेश्वर गाउँपालिका वडा नं. ४, धनुषामा ई–पुस्तकालय निर्माणको लागि आफन्त नेपाललाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले हालसम्म देशभर करिब १३ लाख ग्राहक, १२३ शाखा सञ्जाल तथा १५७ एटीएम पुगेको जनाएको छ ।


प्रकाशित : मंसिर १५, २०७९ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्

विराटनगर इन्टरनेसनल कलेजका ६२ विद्यार्थी दीक्षित

कान्तिपुर संवाददाता

काठमाडौँ — विराटनगर इन्टरनेसनल कलेजका ६२ विद्यार्थी दीक्षित भएका छन् । कलेजले आयोजना गरेको दीक्षान्त समारोहमा बिएससी (अनर्स) इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट विषयका ६२ जना विद्यार्थी दीक्षित भएका हुन् । तीन वर्षे तह अध्ययनपछि  विद्यार्थीले भविष्यमा नयाँ काम र अध्ययन खोजी गर्न सक्नेछन् । 

स्नातक तह पार गरेपछि उत्कृष्ट विद्यार्थीलाई पोष्ट ग्र्याजुएट तहको लागि इनोभेट नेपाल ग्रुपले छात्रवृत्तिको व्यवस्था गरेको छ । ती विद्यार्थीले हेराल्ड कलेज काठमाडौंमा एमबीए अध्ययन गर्न पाउनेछन् । जुन आईएनजीले सञ्चालन गरेको छ । दीक्षान्त समारोहमा दीक्षित विद्यार्थीलाई बेलायतस्थित उल्भरहेम्टन विश्वविद्यालयका सह उपकुलपति (प्रो भाइस चान्सलर) टिच स्टिलले प्रमाणपत्र प्रदान गरे ।


प्रकाशित : मंसिर १५, २०७९ १९:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×