२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

लालबन्दीमा खुल्यो एभरेस्ट बैंकको शाखा 

काठमाडौँ — एभरेस्ट बैंक सर्लाहीको लालबन्दीमा आफ्नो शाखा सञ्चालनमा ल्याएको छ । लालबन्दी नगरपालिकाका मेयर वासुदेव अधिकारी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्गले संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।

लालबन्दीमा खुल्यो एभरेस्ट बैंकको शाखा 

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङ्गले लालबन्दी र सो आसपासका बासिन्दाहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । योसँगै मधेश प्रदेशमा बैंकको शाखा संख्या १३ पुगेको छ । साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिव शक्ति माध्यामिक विद्यालय, बटेश्वर गाउँपालिका वडा नं. ४, धनुषामा ई–पुस्तकालय निर्माणको लागि आफन्त नेपाललाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकले हालसम्म देशभर करिब १३ लाख ग्राहक, १२३ शाखा सञ्जाल तथा १५७ एटीएम पुगेको जनाएको छ ।


प्रकाशित : मंसिर १५, २०७९ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?