कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मंसिर २२ देखि भृकुटीमण्डपमा 'फिन इलेक्ट्रो टेक' मेला हुने

काठमाडौँ — विद्युतीय सामग्रीको व्यवसाय विकास तथा व्यापार सहजीकरणका लागि काठमाडौंमा ‘फिन इलेक्ट्रो टेक २०२२’ आयोजना हुने भएको छ । मंसिर २२ देखि २५ गतेसम्म मेला भृकुटीमण्डपस्थित प्रर्दशनीहलमा आयोजना हुने भएको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा हुन गइरहेको इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रियस्तरको बृहत प्रदर्शनी एवम् गोष्ठीको प्रायोजन राठी स्वीच एण्ड केबलले गरेको हो । स्वदेशको जलविद्युत् प्रयोग बढाई देशलाई आर्थिक रुपमा सबलिकरण गर्दै लैजान र ऊर्जा तथा विद्युतीय व्यावसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा यो मेलाले मद्दत पुग्ने आयोजकको भनाइ छ ।

इलेक्ट्रोनिक्स, सञ्चार एवम् सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा उद्यमीलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीबारे सूचना आदान–प्रदान गर्ने उद्देश्यले मेला आयोजना हुन लागेको हो ।

आयोजकका अनुसार फिन इलेक्ट्रो टेकमा हलभित्र ४९ वटा ब्लक र हलबाहिर २६ वटासहित जम्मा ७५ वटा स्टलहरु रहने छन् । जसमा नेपाली र बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामग्री, वायर, केबुल, आधुनिक स्विचहरु, एलईडी लाइटिङ उपकरण प्रदर्शनमा रहने छन् । बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको पनि प्रदर्शन गरिनेछ ।

प्रकाशित : मंसिर १५, २०७९ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?