२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

रियलमीको ‘उत्सवको बहार, हरेक दिन उपहार’ क्याम्पेनका विजेता घोषित 

काठमाडौँ — टेक्नोलोजी ब्रान्ड रियलमीले ‘उत्सवको बहार, हरेक दिन उपहार’ नामक क्याम्पेनका विजेताहरु घोषणा गरेको छ । गत असोज १० गतेदेखि कात्तिक १४ सम्म सुरु भएको उक्त क्याम्पेनका विजेतालाई आइतबार पुरस्कार प्रदान गरिएको हो ।

रियलमीको ‘उत्सवको बहार, हरेक दिन उपहार’ क्याम्पेनका विजेता घोषित 

जसअन्तर्गत बुटवलकी सन्ध्या सिंह ठकुरी (गौरा कालिका मोबाइल) ले ६५ इन्चको कोनका ४ के टीभी र बाग्लुङका पूर्ण बहादुर मल्ल (अलिशा मोबाइल सेन्टर) ले ७ केजीको वासिङ मेसिन जित्न सफल भएका छन् । त्यस्तै सामाखुसीका सुजन बस्नेत (लमजुङ इलेक्ट्रोनिक्स) ले रियलमी ९४ जी (८/१२८ जीबी) स्मार्टफोन जित्न सफल भएका छन् ।

रियलमीले चाडबाडको समयमा उपभोक्ताहरुलाई स्मार्टफोन, टेलिभिजन, वासिङ मेसिन लगायतका विभिन्न उपहारहरु प्रदान गर्ने अफर ल्याएको थियो । उक्त अफरमा दैनिक पुरस्कार अन्तर्गत कोनका मिक्सर, हिटर, भ्याकुम क्लिनर, राइस कुकर, रियलमी सी ३०(२३२ जीबी) लगायतका उपहार समावेश दिए ।


प्रकाशित : मंसिर १३, २०७९ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?