सामसङद्वारा दसैं विजेतालाई कार उपहार हस्तान्तरण 

काठमाडौँ — सामसङले यसपालिको दसैंमा ग्राहकका लागि ल्याएको ‘यो वर्षको दसैं उपहार डेल्ली टीभी, ड्याम्मै कार’ अफरका विजेतालाई बम्पर पुरस्कार वितरण गरेको छ । अगस्ट २८ देखि सेप्टेम्बर ३० सम्म चलेको यस अफरमा २६ जना भाग्यशाली विजेताले एक–एक वटा ६५ इन्चका सामसङ टीभी पाएका छन् । 

सामसङद्वारा दसैं विजेतालाई कार उपहार हस्तान्तरण 

त्यस्तै एक भाग्यशाली विजेताले अफरको बम्पर पुरस्कार नयाँ कार जितेका छन् । सो बम्पर पुरस्कार विजेतालाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । यस दसैं अफरमा सामसङको आधिकारिक आउटलेट वा इकमर्स साइटबाट सामसङको कुनै पनि स्मार्टफोन वा ट्याब्लेट खरिद गर्नुपर्ने थियो । सो अवधिभर दैनिक विजेताहरु सामसङको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमा घोषणा गरिएको थियो । सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले वर्षभर नै कम्पनीले नयाा र रोमाञ्चक अफर ल्याउने गरेको बताए ।


प्रकाशित : मंसिर १३, २०७९ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?