१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

एभरेस्ट बैंकले टाटाका विद्युतीय गाडी किन्न १२.८% ब्याजमै कर्जा दिने 

काठमाडौँ — टाटाका बिजुली गाडी खरिदका लागि एभरेस्ट बैंकले १२.८० प्रतिशत ब्याजमै कर्जा दिने भएको छ । एभरेस्ट बैंक र टाटाको लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङबीच विद्युतीय गाडी खरिद प्रक्रियामा सहज गर्नेगरी एक सम्झौता भएको छ ।

एभरेस्ट बैंकले टाटाका विद्युतीय गाडी किन्न १२.८% ब्याजमै कर्जा दिने 

जसअनुसार बैंकले सहज र सरल प्रक्रियाबाट कर्जा उपलब्ध गराउने छ । बैंकका शाखाबाट विद्युतीय गाडी खरिदमा ८० प्रतिशतसम्म कर्जा पाउने छन् । ७ वर्षसम्मको अवधिका लागि बिजुली गाडी खरिद गर्न कर्जा दिइने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । टाटा मोटर्सका हाल नेक्सन ईभी तथा टिगोर इभी बजारमा सहज उपलब्ध छन् ।


प्रकाशित : मंसिर १३, २०७९ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?