१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एनआईबीएल एस क्यापिटल र एचएमडीएलबीच लगानी सम्झौता

काठमाडौँ — एनआईबीएल एस क्यापिटल र दुगड हेल्थ केयर अन्तर्गतको कम्पनी एचएमडीएलबीच लगानी सम्झौता भएको छ । सो सम्झौतापत्रमा एनआईबीएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवन्थबहादुर पाण्डे र एचएमडीएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा भाइस चेयरम्यान अभिषेक दुगडले हस्ताक्षर गरे । 

एनआईबीएल एस क्यापिटल र एचएमडीएलबीच लगानी सम्झौता

एचएमडीएल मेडिकल उपकरण रिएजेन्ट्सहरु, फर्मास्युटिकल ड्रग्स एवम् औषधि लगायतका सामानहरु विकास गर्ने, उत्पादन गर्ने र बजारीकरण गर्ने कम्पनी हो । कोभिड १९ महामारीको समयमै सन् २०२१ मा स्थापना भएको एचएमडीएलले उक्त समयमा टाटा मेडिकल एन्ड डायग्नोस्टिक्सद्वारा उत्पादित पीसीआर किट्स आयात गरेर नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । एचएमडीएलले टाटाद्वारा निर्मित नेपालको पहाडी क्षेत्रका अति नै दुर्गम क्षेत्रहरूमा पनि पुग्न सक्ने मोबाइल डाइग्नोस्टिक भ्यान ल्याएको छ ।


प्रकाशित : मंसिर १२, २०७९ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?