१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मोरङमा रोजगार मेला

काठमाडौँ — स्वदेशमै कामको खोजीमा रहेका तथा वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई रोजगारको अवसर सिर्जना गर्ने उद्देश्यले मोरङको कटहरी गाउँपालिकामा रोजगार मेला भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को वेलकम होम परियोजनाको सहयोग तथा सहकार्यमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ र कटहरी गाउँपालिकाको आयोजनामा एकदिने रोजगार मेला भएको थियो । 

मोरङमा रोजगार मेला

मेलामा रोजगारका लागि करिब ९ सय जनाले विभिन्न कम्पनीहरुसाग सम्पर्क स्थापित गरेका छन् । मेलामा कामको खोजीमा रहेका व्यक्तिहरुको लगत दर्ता गर्ने, रोजगारदाताहरुले आफ्नो कम्पनी वा सेवा क्षेत्रमा आवश्यक परेको जनशक्तिको पहिचान गर्ने काम गरेका छन् ।

मेलाको उद्घाटनका अवसरमा बोल्दै प्रमुख अतिथि तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले बर्सेनि करिव ५ लाख युवाहरु श्रम बजारमा आउने र तीमध्ये ७० प्रतिशत वैदेशिक रोजगारीमा जाने गरेको बताए । मुलुकमा भित्रिइरहेका उद्योग प्रतिष्ठानहरुमा पनि दक्ष जनशक्तिको अभाव हुँदा छिमेकी मुलुकका श्रमिकहरुले नेपाली श्रम बजारमा पहुँच बढाएको उनको भनाइ छ । मेलाका अवसरमा रोजगारदाता कम्पनीहरुको तर्फबाट रिलायन्स स्पिनिङ मिलले जुनियर अपरेटरतर्फ २ सय ५० जना, अरिहन्त मल्टिफाइवरले २ सय, रघुपति जुटमिलले २ सय श्रमिकको कामदारको आवश्यकता सिर्जना गरेका छन् ।

त्यसैगरी होटल तथा पर्यटन क्षेत्रबाट ५ सय, निर्माण व्यवसायसम्वद्ध संस्थाहरुले २ हजार ५ सय, सुदर्शन सेक्यूरिटीले १ सय श्रमिक कामदारका लागि फारम भराएका थिए । त्यसका साथै मेलाकै अवसरमा विभिन्न कम्पनी, उद्योगधन्दा, कार्यालयहरुले समेत रिसेप्सनिष्ट, मार्केटिङ, मेसिन अपरेटर, प्याकेजिङ लगायतका क्षेत्रमा दक्ष कामदारको खोजी गरेका थिए । मेलामा करिब एक हजारले रोजगारीको माग गरेका छन् ।


प्रकाशित : मंसिर १२, २०७९ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?