३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

हुन्डाईको रोड टु फिफा वर्ल्ड कप फाइनल विजेता घोषित 

काठमाडौँ — नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘रोड टु फिफा वर्ल्ड कप फाइनल’का विजेता घोषणा गरेको छ । नक्सालको सोरुममा आयोजित एक कार्यक्रममा कन्ज्युमर आई नेपालकी अध्यक्ष विमला खनाल र राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान अनिल गुरुङले हुन्डाई नेपालको आधिकारिक फेसबुक पेज लाइभमार्फत लक्की ड्र गरी विजेताको घोषणा गरे । 

हुन्डाईको रोड टु फिफा वर्ल्ड कप फाइनल विजेता घोषित 

अभियानमा आफ्नो नाम रजिस्टर गरेका ८८७ प्रमाणित ग्राहकमध्ये नयाँपाल बहादुर पाण्डे भाग्यशाली विजेता बनेका छन् । विजेताको रुपमा उनी विश्व कप फाइनल प्रत्यक्ष हेर्न कतार जान पाउने छन् । नेपालभरका ड्राइभिङ लाइसेन्स भएका जो कोहीले हुन्डाईको जुनसुकै गाडीको टेस्ट ड्राइभ गरेर उक्त क्याम्पेनमा सहभागी हुन सक्ने व्यवस्था गरिएको थियो । सहभागी भएका हजारौं ग्राहकहरू मध्ये हस्तमाया गुरुङ र शेरबहादुर जिसी ‘टेस्ट ड्राइभ एण्ड विन’का भाग्यशाली विजेता चुनिएका छन् । यी दुवै विजेता आफूलाई मन पर्ने एक जनासँगै विश्वकपको एउटा खेल प्रत्यक्ष हेर्न कतार प्रस्थान गरेका छन् ।


प्रकाशित : मंसिर ११, २०७९ १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?