वर्ल्डलिंकको सेवा लिने ७ ग्राहकलाई ४३ इन्चको स्मार्ट टीभी कोसेली

काठमाडौँ — वर्ल्डलिंक  कम्युनिकेसन्सले देशभरबाट छनोटमा परेका ७ जना ग्राहकलाई ४३ इन्चको स्मार्ट टीभी कोसेली प्रदान गरेको छ । वर्ल्डलिंकले सेवा सुरु गरेको २७ वर्षमा ७ लाख ग्राहक बनाउन सफल भएको अवसर पारी ७ ग्राहकलाई टीभी कोसेली दिएको हो ।

वर्ल्डलिंकको सेवा लिने ७ ग्राहकलाई ४३ इन्चको स्मार्ट टीभी कोसेली

१ लाखदेखि ७औं लाख ग्राहक नम्बर भएकालाई कोसेली प्रदान गरेको वर्ल्डलिंकले जनाएको छ । कम्पनीका अनुसार टेलिभिजन कोसेली पाउनेमा मकवानपुर हेटौंडाका निरज बराइली, झापा बिर्तामोडकी मनिसा राई, बुटवलका विजय थापा, सुर्खेतका शिवराम रोकाया, भक्तपुर गठ्ठाघरका भीमबहादुर कुमाल, राष्ट्रबैंक चोक पोखराका रविन थापा र बालाजुका हुमनाथ अघिकारी छन् ।

बराइली वर्ल्डलिंकको इन्टरनेट सेवा लिने १ लाख नम्बरका ग्राहक हुन् । सन् २०१७ को मे मा वर्ल्डलिंकले १ लाख ग्राहक बनाएको थियो ।यस्तै, बिर्तामोडकी राई वर्ल्डलिंककी २ लाख नम्बरकी ग्राहक हुन् । सन् २०१८ मा वर्ल्डलिंकले २ लाख ग्राहक संख्या पार गरेको थियो ।

बुटवलका थापा ३ लाख नम्बरका ग्राहक हुन् । सुर्खेतका रोकाया, गठ्ठाघरका कुमाल, पोखरा राष्ट्रबैंक चोकका रविन र बालाजुका अधिकारी क्रमशः ४ लाख, ५ लाख, ६ लाख र ७ लाख नम्बरका ग्राहक हुन् । सन् १९९५ बाट सेवा सुरु गरेको वर्ल्डलिंकले २७ वर्षमा गत नोभेम्बर १४ मा ग्राहकको संख्या ७ लाख पुर्‍याएको हो ।

प्रकाशित : मंसिर ११, २०७९ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?