२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जोन्ताको लैंगिक हिंसाविरुद्ध वाकाथन

काठमाडौँ — जोन्ता क्लब अफ काठमाडौंले महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि वाकाथन आयोजना गरेको छ । ५ सयभन्दा बढीको सहभागिता रहेको वाकाथन दरबारमार्गबाट सुरु भएर वसन्तपुर दरबार स्क्वायरमा पुगेर समापन भएको थियो ।

जोन्ताको लैंगिक हिंसाविरुद्ध वाकाथन

वाकाथनको अन्त्यमा लैंगिक हिंसाविरुद्धको सन्देश बोकेको सडक नाटकसमेत प्रदर्शन गरिएको थियो । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म संयुक्त राष्ट्रसंघले मनाइरहेको लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानलाई समर्थन गर्दै वाकाथन आयोजना गरिएको जोन्टाले बताएको छ ।

प्रकाशित : मंसिर ११, २०७९ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?