साना उद्यमीलाई मुक्तिनाथ विकास बैंकको साथ

काठमाडौँ — काठमाडौंको पुतलीसडकस्थित कफी सोलुसन प्रालि र मुक्तिनाथ विकास बैंकबीच कफी व्यवसाय सञ्चालन गर्न चाहनेहरूलाई व्यावसायिक कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताअनुसार कफी सोलुसनले कफीसम्बन्धी व्यवसाय गर्न इच्छुक व्यक्तिलाई छनोट गरी आवश्यक तालिम दिई सक्षम बनाई सशुल्क कफी मेसिन उपलब्ध गराउनेछ ।

साना उद्यमीलाई मुक्तिनाथ विकास बैंकको साथ

बैंकले भने कफी मेसिनको लागतको ५० प्रतिशतसम्मको लागत बराबरको रकम व्यवसायीलाई बिनाधितो ऋण उपलब्ध गराउनेछ । ऋण लिएर व्यवसाय सुरु गरी त्यही व्यवसायबाट आर्जन गरेको रकमले बैंकलाई मासिक किस्ता तिर्न मिल्ने व्यवस्था गरिएको छ । यसबाट साना व्यवसायीको दैनिक जीविकोपार्जन र स्वरोजगार बन्नमा सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बताए ।

प्रकाशित : मंसिर ११, २०७९ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?