कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सनसिल्कको 'दसैं भाइब्स- २' का विजेता घोषित

काठमाडौँ — सनसिल्कले दसैं भाइब्स–२ प्रतियोगिताका विजेता घोषणा गरेको छ । बुधबार आयोजना गरिएको सनसिल्क दसैं भाइब्स– २ को अन्तिम चरणको कार्यक्रममार्फत् विजेताका रुपमा सुमित्रा मौराती, प्रिन्सिका श्रेष्ठ  र सनिषा भट्टराई घोषित भएका हुन् ।

सनसिल्कको 'दसैं भाइब्स- २' का विजेता घोषित

प्रत्येक विजेताले एक लाख रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरेका छन् । साथै उनीहरुले ब्राण्ड एम्बेसडर प्रिन्सी र प्रिज्मासँगै १ वर्षको लागि 'ग्याङ्ग अफ गर्ल्स' बनेर अर्को वर्ष सनसिल्कको प्याकहरुमा सुन्दर तस्वीर प्रदर्शन गर्ने अवसर पनि प्राप्त गरेका छन् ।

दसैंको अवसर पारेर आयोजना गरिएको यस डिजिटल कन्टेस्टमा प्रतियोगीहरुले आफ्नो राम्रो हेयरस्टाइल प्रदर्शन गरी सहभागी हुन सक्ने व्यवस्था थियो । अभियानलाई ६० मिलियनभन्दा बढीको भ्युज प्राप्त भएको सनसिल्कको दाबी छ । २८०० भन्दा बढी प्रतियोगीले आ–आफ्ना सुन्दर हेयर स्टाइलका प्रदर्शन गरेर अभियानमा सहभागिता जनाएका थिए । कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले सनसिल्क नेपालको सबैभन्दा ठूलो सौन्दर्य ब्राण्ड रहेको दाबी गरे ।


प्रकाशित : मंसिर ९, २०७९ १४:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?