२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

सेन्साईको विश्वकप च्याम्पियन अफर, ३० हजारसम्म छुट 

काठमाडौँ — सेन्साईले यो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितालाई लक्षित गर्दै विश्वकप च्याम्पियन नामक अफर ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले सेन्साई टेलिभिजनको खरिद गर्दा ३० हजार १ सय रुपैयाँसम्मको आकर्षक नगद छुट पाउने कम्पनीले जनाएको छ ।

सेन्साईको विश्वकप च्याम्पियन अफर, ३० हजारसम्म छुट 

साथै कम्पनीका अनुसार १ भाग्यशाली ग्राहकले बम्पर उपहारअन्तर्गत ६५ इन्चको फोरके वेबओएस् टेलिभिजन पनि जित्न सक्नेछन् । ग्राहकहरुले आफूलाई बम्पर उपहारमा सहभागी गराउन सेन्साई टाईप गरी आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेन्टी कार्ड नम्बर लेखी ३१००३ मा एसएमएस गर्नुपर्नेछ । मंसिर १ गतेदेखि सीमित अवधिका लागि देशभर यो योजना रहेको कम्पनीले जनाएको छ । सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्सअन्तर्गत सीजी ईओएल रहेको छ ।


प्रकाशित : मंसिर ९, २०७९ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?