१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नेपाल लाइफ इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश पारित 

काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको १५.७८९५ प्रतिशतका दरले हुन आउने १ अर्ब २९ करोड रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको १५.७८ प्रतिशत लाभांश पारित 

त्यस्तै कम्पनीले आर्थिक वर्ष २०७८/७९ को लागि एसएआर एसोसिएट्सलाई लेखापरीक्षकको रुपमा पुनर्नियुक्ति गर्दै संचालक समितिले गरेको स्वतन्त्र संचालक पारुल ढकालको नियुक्तिलाई अनुमोदन गरेको छ । बिहीबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईको अध्यक्षतामा वीरगन्जमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाबाट आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित भएको छ । लेखापरीक्षकको प्रतिवेदन सहित आ.व.२०७७/७८ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरिएको छ ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीको व्यवसाय वृद्धिमा दत्तचित्तका साथ काम गरिरहेको र कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दिगो तथा भरपर्दो लगानीका क्षेत्रहरुमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने बताए । नेपाल लाइफले २०७९ असोज मसान्तसम्ममा लगानी १ खर्ब ४९ अर्ब ७६ करोड पुगेको छ । जीवन बीमाकोषमा १ खर्ब ४२ अर्ब ९ करोड सञ्चित भएको कम्पनीले जनाएको छ ।

प्रकाशित : मंसिर ९, २०७९ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?