१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

ईसेवा र लुलु एक्सचेन्जको पहलमा हमालले यूएईमा डिजिटल सचेतना गराउने

नायक राजेश हमालले दुबई र अबुधाबी शहरमा डिजिटल देश अभियानको प्रवर्द्धन गर्ने 

काठमाडौँ — नेपाली सिने जगतका महानायक राजेश हमाल यूएईस्थित अन्तर्राष्ट्रिय मनी ट्रान्सफर कम्पनी– लुलु एक्सचेन्ज र ईसेवा मनी ट्रान्सफरको निम्तोमा शुक्रबार यूएई जाँदै छन् । ईसेवा मनी ट्रान्सफरको टोलीसँग त्यहाँ प्रस्थान गर्न लागेका हमालले दुबही र आबुधाबीमा नेपालीमाझ डिजिटल सचेतना दिलाउने छन् । 

ईसेवा र लुलु एक्सचेन्जको पहलमा हमालले यूएईमा डिजिटल सचेतना गराउने

यूएई प्रस्थान पश्चात शनिबार हमालले दुबई स्थित लुलु एक्सचेन्जका बर दुबई र जेबेल अली २ सपर्स मल शाखामा तथा अबुधाबीस्थित मदिनत जायेद शाखा र साबिया शाखामा आउने रेमिट्यान्स सेवाग्राही र त्यहाँ कार्यरत लुलु एक्सचेन्जका नेपाली कर्मचारीसँग भेटघाट तथा अन्तर्क्रिया गर्नेछन् ।

हमाल यूएई पुगेर विशेषत इसेवा मनी ट्रान्सफरको 'मेरो डिजिटल देश' अभियान प्रवर्द्धन गर्नेछन् र विदेशबाट डिजिटल तथा वैधानिक माध्यमबाट सोझै नेपालका बैंक खाता वा ईसेवा वालेटमा पैसा पठाउनुका सहजता/फाइदाबारे सचेतना फैलाउने छन् । हमाल ब्राण्ड एम्बेसेडरको रुपमा इसेवा मनी ट्रान्सफरसँग आवद्ध छन् ।

के हो 'मेरो डिजिटल देश' अभियान ?

मेरो डिजिटल देश अभियान देश तथा विदेशमा रहेका नेपालीको साझा अभियान हो । विदेशबाट डिजिटल र वैधानिक माध्यमबाट ईसेवा मनी ट्रान्सफरमार्फत् नेपालमा पाउने व्यक्तिको बैंक खाता वा ईसेवा वालेटमा पैसा भित्र्याउन यो अभियानको उद्देश्य रहेको ईसेवाले जनाएको छ । यसले देशको अर्थतन्त्र सुदृढीकरणमा मद्दत पुर्‍याउने कम्पनीको भनाइ छ ।

कसरी सहभागी बन्ने ?

विदेशबाट ईसेवा मनी ट्रान्सफरमार्फत नेपालमा पैसा पाउने व्यक्तिको बैंक खाता वा ईसेवा वालेटमा पैसा पठाएर योजनामा सहभागी हुन सकिनेछ। साथै, विदेशबाट आएको नगद रेमिट्यान्स ईसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिनेछ । यस अभियान अन्तर्गतको योजनामा सहभागी बनेवापत महिनैपिच्छे ६ महिनाको अवधिसम्म १ जनाले गिफ्ट प्याकेज पाउनेछन् भने १ जनाले योजनाको अन्त्यमा काठमाडौँमा सपनाको घर जित्न सक्ने ईसेवाले जनाएको छ ।

प्रकाशित : मंसिर ९, २०७९ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?