रेविकाले जितिन् वेस्टर्न युनियनको १० तोला सुन 

काठमाडौँ — वेस्टर्न युनियन मनी ट्रान्सफरको सुनपति अभियानको विजेता रेविका सुनुवार भएकी छन् । सो अभियानको विजेता रेविकाले बम्पर लक्की ड्र मार्फत १० तोला सुन जितेकी छन् । 

रेविकाले जितिन् वेस्टर्न युनियनको १० तोला सुन 

वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुकाबीच काठमाडौंमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो । नेपालमा २५ वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैं, तिहार र छठलाई लक्षित गरी '१० तोला सुनपति, दस हप्तासम्म उपहार कति कति' अभियान सुरु गरेको थियो । १० तोला सुनबाहेक भाग्यशाली विजेताहरुले १० सातासम्म प्रत्येक साता लक्की ड्रबाट दस १० जनाले चाँदीका सिक्का, मिक्सर ग्राइन्डर र इन्डक्सन चुलो पनि जितेको कम्पनीले जनाएको छ ।

प्रकाशित : मंसिर ८, २०७९ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?