तोफिको तड्का लिची बजारमा - बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तोफिको तड्का लिची बजारमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — तोफिको तड्का लिची बजारमा आएको छ । व्यवसायिक कम्पनी सूर्य नेपालले आफ्नो कन्फेक्सनरी ब्राण्ड तोफिकोअन्तर्गत नयाँ तड्का लिची बजारमा ल्याएको हो । कम्पनीले यो उत्पादनलाई ‘टेस्टको नयाँ ट्विस्ट’ नारा सहित बजारमा ल्याएको छ ।

यसमा मिठो स्वादको साथै चाट मसालाको उत्कृष्ट सम्मिश्रण रहेको छ । तोफिका तड्का लिचीको बिक्री मूल्य प्रति गोटा २ रुपैयाँ ५० पैसा कायम गरिएको छ । यसको नौलो स्वादले ग्राहकहरुको मन जित्न सफल हुने कम्पनीको दाबी छ । तोफिका तड्का आँप र भुइँकटहरको स्वादमा उपलब्ध हुँदै आएकोमा लिचीको नयाँ स्वादले पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ । यो नेपालभरका रिटेल पसलहरुमा उपलब्ध छ ।


प्रकाशित : मंसिर ८, २०७९ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्

धनकुटाबाट एमालेका राजेन्द्र राई निर्वाचित

कान्तिपुर संवाददाता

धनकुटा — धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका राजेन्द्रकुमार राई दोस्रो पटक निर्वाचित भएका छन् । राईले नेपाली कांग्रेसका सुनीलबहादुर थापालाई १ हजार ३९७ मतान्तरले पराजित गरेका छन् ।

राईले ३० हजार १०१ मत ल्याएका छन् भने कांग्रेसका थापाले २८ हजार ७०४ मत ल्याएका छन् ।

यहाँ नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यबाट राजीनामा दिएर उम्मेदवारी दिएका हेमराज भण्डारीले ५ हजार ९२६ मत पाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका कुमारबहादुर थापाले १ हजार ५९ मत पाएका छन् । ०७४ मा पनि यहाँबाट एमालेका राईले थापालाई नै पराजित गरेका थिए ।

थापा पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन् । अघिल्लो पटक कांग्रेसको सहयोगमा यहाँबाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका थापा चुनाव हारेपछि कांग्रेसमै प्रवेश गरेर सहमहामन्त्री बने । हाल उनी कांग्रेसको केन्द्रीय सदस्य छन् ।

प्रकाशित : मंसिर ८, २०७९ १४:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×