एलजीको टीभीमा ‘क्यास ब्याक’ अफर- बजार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एलजीको टीभीमा ‘क्यास ब्याक’ अफर

कान्तिपुर संवाददाता

काठमाडौँ — एलजीले टीभीमा क्यास ब्याक अफरको घोषणा गरेको छ । ओलेड, नानोसेल, यूएचडी र स्मार्ट टीभीहरुका विभिन्न आकर्षक मोडलहरु यो सुविधा रहेको एलजीले जनाएको छ । देशभरका कुनै पनि एलजी सोरुम र एलजीको अधिकृत विक्रेताहरुबाट यो छुट सुविधा पाइने कम्पनीले जनाएको छ ।

एलजीका ब्राण्ड म्यानेजर मुकेश बैठाले ग्राहकलाई सधैं विश्वस्तरीय प्रविधिको अनुभव प्रदान गर्ने प्रयासस्वरुप यो अफर ल्याइएको बताए ।

कम्पनीका अनुसार ३५ प्रतिशतसम्म ‘क्यास ब्याक’ बाहेक ग्राहकले एलजी नानोसेल टिभीको साथ नि:शुल्क एलजी साउन्ड बार, नि:शुल्क एलजी सर्टिफाइड इन्स्टलेसन, एलजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम, शून्य प्रतिशतमै ईएमआई सुविधा, नि:शुल्क डेलिभरी र एक्सचेन्ज अफर पनि पाउनेछन् ।


प्रकाशित : मंसिर ८, २०७९ १४:१४
प्रतिक्रिया
पठाउनुहोस्

दाङ-३ (२) मा माओवादी केन्द्रका धनबहादुर मास्की विजयी

दुर्गालाल केसी

दाङ — दाङ निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा गठबन्धनको तर्फका माओवादी केन्द्रका उम्मेदवार धनबहादुर मास्की २ हजार १ सय ६३ मतान्तरले विजयी भएका छन् । 

मास्कीले २२ हजार ३ सय २१ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका हुकुमबहादुर बस्नेतले २० हजार १ सय ५८ मत ल्याएका छन् । मास्की माओवादी केन्द्रका पोलिटब्युरो सदस्य हुन् भने बस्नेत एमाले जिल्ला अध्यक्ष हुन् ।

दुवै जना पहिलोपटक संसदीय निर्वाचनमा सहभागी भएका थिए । यस क्षेत्रमा ७९ हजार ९ सय ८९ मतदाता रहेकोमा ४९ हजार ९ सय ५० मत खसेको थियो ।


प्रकाशित : मंसिर ८, २०७९ १४:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
x
×