३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बीवाइडीले बनायो ३० लाख ‘न्यू इनर्जी भेहिकल’

काठमाडौँ — गत हप्ता बीवाइडी कम्पनीले न्यू इनर्जी भेहिकल उत्पादन ३० लाख युनिट पूरा गरेको छ । चिनियाँ ग्लोवल ब्राण्ड बीवाइडीले  आफ्नो हेडक्वार्टर सान्जेन चाइनामा ३० लाख युनिट 'रोलआउट' गरेको  खुसियालीमा विशेष कार्यक्रम आयोजना गरेको थियो । 

बीवाइडीले बनायो ३० लाख ‘न्यू इनर्जी भेहिकल’

बीवाइडीले न्यू इनर्जी भेहिकलको क्षेत्रमा ३० लाख युनिट विश्वकै लागि ठूलो उपलब्धिको संकेत भएको जनाएको छ । चिनियाँ निर्माताले पहिलो १० लाख युनिट कार उत्पादन गर्न झण्डै १३ वर्ष लागेको थियो । त्यसपछिको अर्को १० लाख युनिट एक वर्षमा पुरा गरेको कम्पनीले अन्तिम १० लाख युनिट उत्पादन र बिक्री ६ महिनामा पूरा गरेको हो । कम्पनीले पछिल्ला १८ महिनामा २० लाख युनिट कार उत्पादन गरेर बजारमा पठाएको छ । यो उत्पादन र बिक्री आँकडाबाट न्यू इनर्जी भेहिकलको बढोत्तरीलाई पुष्टि गर्छ ।


प्रकाशित : मंसिर ८, २०७९ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?