कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

आईसीटी अवार्डको ग्राण्ड फिनाले र छनोट प्रक्रियाका सेसनहरु कान्तिपुर टीभीमा प्रसारण हुने

काठमाडौँ — सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित ‘आइसीटी अवार्ड’को सातौं संस्करणका लागि ब्रोडकास्टिङ पार्टनरको रुपमा कान्तिपुर टेलिभिजन रहने भएको छ । मंगलबार कान्तिपुर टेलिभिजनका सीईओ शिशिर पछाई र लिभिङ विथ आईसीटीका संस्थापक राजन लम्सालबीच आईसीटी अवार्डको प्रसारण सम्बन्धमा हस्ताक्षर भएको हो ।  

आईसीटी अवार्डको ग्राण्ड फिनाले र छनोट प्रक्रियाका सेसनहरु कान्तिपुर टीभीमा प्रसारण हुने

कान्तिपुर टेलिभिजनले इन्फोडेभलपर्स आईसीटी अवार्डका महत्त्वपूर्ण प्रि इभेन्ट सेसनहरु प्रसारण गर्नेछ । विशेषगरी स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधाका प्रस्तुति तथा स्पिड डेटिङ र ग्राण्ड जुरी मिटिङका सेसनहरु विभिन्न ४ एपिसोडमा प्रसारण हुनेछ । यसैगरी पुस ८ गते हुने अवार्डको ग्राण्ड फिनाले टेलिभिजन र युट्युब च्यानल मार्फत प्रत्यक्ष प्रसारण हुनेछ । हस्ताक्षर कार्यक्रममा बोल्दै कान्तिपुर टेलिभिजनका सीईओ पछाईले यो सहकार्यले स्टार्टअप र आईसीटीको क्षेत्रमा थप सम्भावना र अवसरहरु सिर्जना गर्ने बताए ।

सन् २०१६ बाट सुरु भएको आईसीटी अवार्डको सातौं संस्करणमा दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुलाई समेत समेटेर साउथ एसिया स्टार्टअप आईसीटी अवार्ड पनि आयोजना हुँदैछ । यसवर्ष विभिन्न १२ विधामा अवार्ड घोषणा हुनेछ । विभिन्न विधामा ५०० भन्दा बढीको अनलाइन नोमिनेसन र सल्लाहकार समितिको सिफारिस रहेको थियो । आईसीटी अवार्डको छनोट प्रकृयामा १३ जना विज्ञ जुरी सदस्य र १५ जना विशिष्ट सल्लाहकारहरु रहेका छन् ।

कान्तिपुर टेलिभिजनले ३ विधाका उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धीको आइडिया तथा पिचिङ सेसनलाई मंसिर १५ गतदेखि प्रसारण गर्नेछ । आईसीटी अवार्ड २०२२ को ग्राण्ड फिनाले पुस ८ गते हुनेछ । यस कार्यक्रमको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टेक कम्पनीहरु तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय समेतको सहकार्य रहेको छ ।

प्रकाशित : मंसिर ६, २०७९ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?