३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

सिटी एक्सप्रेसको ५ तोला सुन विजेता घोषित

काठमाडौँ — सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘विदेशबाट सिटी आयो, दसैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत मेगा बम्पर उपहार ५ तोला सुन विजेताको नाम घोषणा गरेको छ । विद्युतीय प्रणालीद्वारा विजेता छनोट गरिएको कम्पनीले जनाएको छ । जसअनुसार साउदी अरबबाट रेमिट्यान्स पठाउने जीवन रायमाझीले ५ तोला सुन जित्न सफल भएका छन् । 

सिटी एक्सप्रेसको ५ तोला सुन विजेता घोषित

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत भदौ १५ गते दसैं, तिहार र छठलाई लक्षित गर्दै यो उपहार योजना घोषणा गरेको थियो । सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई १ तोला सुन, हरेक हप्ता १ जनालाई १० तोला चाँदी साथै ६३ दिन लगातार हरेक दिन १६ जना विजेतालाई आकर्षक गिफ्ट ह्याम्पर र अन्त्यमा एक जनालाई ५ तोला सुन उपहार प्रदान गरिने योजनामा रहेको थियो । जसअन्तर्गत १ हजार ८ जनाले दैनिक उपहार (आकर्षक गिफ्ट ह्याम्पर), ९ जनाले साप्ताहिक उपहार (१०/१० तोला चाँदी ) र २ जनाले मासिक उपहार (१/ १ तोला सुन ) जित्न सफल भइसकेको कम्पनीले जनाएको छ ।



प्रकाशित : मंसिर २, २०७९ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?