कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

अल्का अस्पतालद्धारा मधुमेहका विरामीको निःशुल्क स्वास्थ्य परीक्षण

कान्तिपुर संवाददाता

काठमाडौँ — अल्का अस्पतालले मधुमेहका बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । विश्व मधुमेह दिवसका अवसरमा ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले आफ्नै परिसरमा विरामीहरूलाई निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

अल्का अस्पतालद्धारा मधुमेहका विरामीको निःशुल्क स्वास्थ्य परीक्षण

निःशुल्क स्वास्थ्य शिविरबाट ३ सयभन्दा बढी मधुमेहका विरामीको परीक्षण र औषधि वितरण गरिएको अस्पतालका प्रशासन प्रमुख भगवान केसीले जानकारी दिए । एचबीएवान सी, पीपी र फास्टिङ लगायत ल्याब टेस्ट पनि नि:शुल्क गरिएको उनले बताए । मधुमेहका विरामीलाई मात्र लक्षित सो कार्यक्रममा चिकित्कसको सिफारिस अनुसार १० दिनसम्मका लागि पुग्ने औषधिसमेत वितरण गरिएको अस्पातलको विज्ञप्तीमा छ ।

यस स्वास्थ्य परीक्षणमा सहभागी हुनेलाई दुई हप्तासम्म फलोअप गर्दा शुल्क नलाग्ने अस्पतालले जनाएको छ। त् विश्व मधुमेह दिवसका अवसरमा अस्पतालले जनचेतनामूलक र्‍याली पनि निकालेको थियो । अस्पताल परिसरबाट शुरु भएको र्‍याली पुल्चोक, मंगलबजार, लगनखेल, कुमारीपाटी, जावलाखेल हुँदै अस्पताल प्राङ्गणमा पुगेर टुंगिएको थियो ।

प्रकाशित : कार्तिक ३०, २०७९ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?