२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

नेपाल टेलिकमको डेटामा निर्वाचन अफर

कान्तिपुर संवाददाता

काठमाडौँ — मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सूचना आदानप्रदान गर्न र निर्वाचन परिणामबारे मोबाइलबाटै जानकारी प्राप्त गर्न नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको छ । यस अफरमार्फत सहज दरमा डाटा र भ्वाइस प्याकहरू उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमको डेटामा निर्वाचन अफर

डाटा प्याकअन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा २ सय ९४ रुपैयाँमा उपलब्ध छ । यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक ९८ रुपैयाँमा उपलब्ध छ । एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक ४९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ । यी प्याकहरु जुनसुकै समय (अल टाइम) प्रयोग गर्न सकिन्छ । यो अफर कात्तिक २७ देखि मंसिर ११ गतेसम्म उपलब्ध हुने भनिएको छ । यसका लागि मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

प्रकाशित : कार्तिक २८, २०७९ १३:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?