२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

हुवावेले वेबसर्फरलाई 'इन्टेलिजेन्ट' प्रविधि प्रदान गर्ने सम्झौता  

कान्तिपुर संवाददाता

काठमाडौँ — इन्टरनेट सेवा प्रदायक कम्पनी वेबसर्फर र मोबाइल कम्पनी हुवावेबीच एक सम्झौता भएको छ । इन्टरनेट सेवा प्रदायक वेबसर्फरको डिजिटल रूपान्तरणको लागि हुवावेसँग सम्झौता भएको कम्पनीले जनाएको छ । यस औपचारिक सम्झौतापछि अब दुवै कम्पनीले हुवावेको प्राविधिक नेतृत्वलाई नेपाली इन्टरनेट प्रयोगकर्ताको पहुँचमा ल्याउन संयूक्त प्रयास गर्ने छन् ।

हुवावेले वेबसर्फरलाई 'इन्टेलिजेन्ट' प्रविधि प्रदान गर्ने सम्झौता  

यसै वर्षदेखि वेबसर्फरलाई एण्ड–टु–एण्ड नेटवर्क सोलुसन र अप्टिकल, इन्टेलिजेन्ट प्रविधिहरू प्रदान गर्ने जिम्मेवारी हुवावेले बहन गर्ने भएको छ । हुवावेले इन्टरनेट सेवा प्रदायक वेबसर्फरलाई नेटवर्क पूर्वाधार र आर्किटेक्चरको विकासमा सहयोग गर्नेछ । साथै हुवावेले वेबसर्फरका कर्मचारीलाई आफ्नै क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछ ।


प्रकाशित : कार्तिक २५, २०७९ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?