एनआईसी एसिया क्यापिटलमा ९९९ रुपैयाँमै 'लाइफटाइम डिम्याट' खाता 

कान्तिपुर संवाददाता

काठमाडौँ — एनआईसी एसिया क्यापिटलले न्यून शुल्कमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ 'पे वन टाइम फर्गेट लाइफटाइम' भन्ने नाराका साथ डिम्याट खातामा विशेष सुविधा ल्याएको छ । यस अन्तर्गत ९९९ रुपैयाँ एकमुष्ठ भुक्तानी गर्दा आजीवन डिम्याट खाता संचालन हुने अर्थात् डिम्याट खाता नवीकरण भइरहने योजना सञ्चालनमा ल्याएको छ । 

एनआईसी एसिया क्यापिटलमा ९९९ रुपैयाँमै 'लाइफटाइम डिम्याट' खाता 

डिम्याट खाता खोली सेयरको कारोबार गर्ने खातावालले प्रत्येक वर्ष डिम्याट खाता नवीकरण शुल्क वापत १ सय रुपैयाँ बुझाउनुपर्ने व्यवस्था छ । उक्त नवीकरण शुल्क भुक्तानी नगरेको अवस्थामा सम्बन्धित खातावालाको डिम्याट खाता फ्रिज भई बिक्री गरेको सेयर निर्धारित समयमा राफसाफ नभई हजारौं जरिवाना समेत भुक्तानी गर्नुपर्ने अवस्था हुने गरेको पाइन्छ ।

हरेक वर्ष डिम्याट खाता नवीकरण शुल्क भुक्तानी गर्नुपर्ने झन्झटिलो व्यवस्थालाई सहजीकरण गर्न क्यापिटलले न्यून शुल्कमा आजीवन डिम्याट खाता नवीकरण गरिदिने व्यवस्था मिलाएको हो । अनलाइन माध्यमहरु ईसेवा, खल्ती, कनेक्ट आईपीएस, फोनपे वा आईएमई पेमार्फत पनि यसको भुक्तानी गर्न सकिनेछ ।


प्रकाशित : कार्तिक २५, २०७९ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?