कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराज ११:११ मा २० प्रतिशतसम्म छुट 

कान्तिपुर संवाददाता

काठमाडौँ — ग्लोबल आईएमई बैंकका ग्राहकले अनलाइन सपिङ्ग प्लेटफर्म दराजको ११:११ अफरमा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यस योजनाअन्तर्गत ग्राहकले ग्लोबल आईएमई बैंकको भिषा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् । 

ग्लोबल आईएमई बैंकका ग्राहकलाई दराज ११:११ मा २० प्रतिशतसम्म छुट 

बैंकको डेबिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत वा अधिकतम २ हजार ५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले २० प्रतिशत वा अधिकतम ३ हजार रुपैयाँसम्म छुट पाउनेछन् । छुट पाउनका लागि बैंकका कार्डबाहक ग्राहकले दराज एपबाट ग्लोबल आईएमई बैंकको छुट भौचर लिनुपर्नेछ । यो योजना नोभेम्बर ११ देखि सीमित अवधिको लागि रहेको बैंकले जनाएको छ । बैंकका देशभर २९२ शाखा, २७० एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर सञ्चालनमा छन् ।

प्रकाशित : कार्तिक २१, २०७९ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?