कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

हुवावेको 'सिड्स फर द फ्युचर' सम्पन्न 

कान्तिपुर संवाददाता

काठमाडौँ — हुवावेले यस वर्षको ‘सिड्स फर द फ्युचर’ फ्ल्यागसीप 'सीएसआर' कार्यक्रम सम्पन्न गरेको छ । आईसीटी विषयसँग सम्बन्धित स्नातक तहका विद्यार्थीका लागि रहेको यो कार्यक्रम शुक्रबार काठमाडौंमा समापन भएको छ ।

हुवावेको 'सिड्स फर द फ्युचर' सम्पन्न 

'सिड्स फर द फ्युचर' कार्यक्रमबाट ७ विद्यार्थी छनोट भएका थिए । छनोट भएका विद्यार्थीमा निर्माण खड्का (काठमाडौं विश्वविद्यालय), बंशज पौडेल (मदन भण्डारी मेमोरियल कलेज), जतिन भुसाल (ख्वपा इन्जिनियरिङ कलेज) रिया वैद्य (पुल्चोक क्याम्पस), नदिका पौडेल (पुल्चोक क्याम्पस), प्रज्ञा मल्लिक (काठमाडौं विश्वविद्यालय) र अजु तामाङ (अमृत साइन्स क्याम्पस) छन् ।

यस वर्ष नेपालभरबाट २५६ आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ । प्रा.डा. शशिधर राम जोशी, प्रा. तिमिला यमी थापा, प्रा. डा. सुवर्ण शाक्य र प्रा. डा. मनिष पोखरेलले लिएको जीपीए प्रेरणा पत्र र छनोट अन्तर्वार्ताका आधारमा यी ७ विद्यार्थी छनोट भएका थिए ।

अगस्ट २९ देखि सेप्टेम्बर २ सम्म सिंगापुरमा आयोजित टेक फर गुड एक्सेलेटर क्याम्पमा सहभागी हुन नेपालको तर्फबाट यो ७ विजेता टोली उपस्थित थियो । सिंगापुरमा विद्यार्थीहरुले हुवावे कार्यालयको भ्रमण गरे । त्यहाँ धेरै विषयको जानकारीपछि विद्यार्थीले सेप्टेम्बरको अन्त्यमा मुक्तिनाथमा हुवावे निर्मित बेस स्टेसनको पनि भ्रमण गरेका थिए ।

हुवावेको यो सीएसआर कार्यक्रम पहिलो पटक थाइल्याण्डमा २००८ मा सुरु भएको थियो । त्यसयता १३० भन्दा बढी देश र क्षेत्रका १२ हजार भन्दा बढी विद्यार्थीहरूले कार्यक्रममा भाग लिएका छन् ।


प्रकाशित : कार्तिक ४, २०७९ १७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?